☰ open Loading... 19 April 2024|  

प्रदेश खेलका लागि रंगशाला सरसफाई
  | ८ फाल्गुन २०७५, बुधबार २१:३९

सुर्खेत । वीरेन्द्रनगरमा रहेको रंगशाला सरसफाई गरिएको छ । यहीँ फागुन ११ गतेबाट सञ्चालन हुन लागेको प्रदेश स्तरिय खेलकुद प्रतियोगिताका लागि बुधबार रंगशाला सरसफाई गरिएको हो ।


कर्णाली प्रदेश प्रहरी गुल्म र मिडवेस्टन फिटनेश सेन्टरको अगुवाइमा रंगशाला निर्माण गरिएको जिल्ला फुटवल संघ सुर्खेतका उपाध्यक्ष प्रमोद हमालले जानकारी दिए ।

अव्यवस्थित रंगशालामा प्रतियोगिता सञ्चालन हुन सम्भव नभएकाले प्रहरी र फिटनेश सेन्टरको सहयोगमा सरसफाई गरिएको बताए । हमालकाअनुसार प्रदेश प्रतियोगिताबाट राष्ट्रिय खेलका लागि खेलाडीहरु छनौट गरिने छ । खेलका लागि तयारी तिव्र पारिएको हमालको भनाई छ ।