☰ open Loading... 19 April 2024|  

आठौ राष्ट्रिय प्रतियोगिता : क्रिकेटमा सुर्खेतको विजयी शुरुवात
  | ११ फाल्गुन २०७५, शनिबार १८:३५

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आठौं राष्ट्रिय प्रतियोगिता अन्तरगत खेलाडी छनौट प्रतियोगिता शुरु गरिएको छ । शनिवार भएको क्रिकेट अन्तरगत उद्घाटन खेलमा दैलेखलाई पराजित गर्दै सुर्खेतले विजयी शुरुवात गरेको छ ।


सुर्खेतले दैलेखलाई ५ विकेटले पराजित ग¥यो । टस जितेर ब्याटिङ्ग रोजेको दैलेखले १६.३ ओभमा सबै विकेट गुमाएर ७० रनको बनायो । खेलमा दैलेखका अनिल केसीले २३ बलमा २० र तिलक रावलले ६ बलमा १७ रन बनाए । सुर्खेतका रविन्द्रजंग शाहीले २ र महेश खत्रीले २ विकेट लिए ।

७० रनको लक्ष्य पछ्याएको सुर्खेतले ७.५ ओभरमा ५ विकेट गुमाएर ७० रन जोड्यो । खेलमा सानदार ब्याटिङ्गको नमुना प्रस्तुती गर्दै सुर्खेतका राजन केशीले १५ बलमा १० रन जोडे । यस्तै, सुरज बोहराले ९ बलमा ५ रन जोडे ।

बलिङ्गतर्फ दैलेखका गोपाल बुढाले २ र गगन विकले १ विकेट लिए । खेलमा सुर्खेतका रविन्द्रजंग शाही म्यान अफ द म्याच घोषित भए । आईतबारको हुने पहिलो खेल सुर्खेत र सल्यान तथा दोस्रो रुकुम पश्चिम र दैलेख बिच हुनेछ ।