☰ open Loading... 19 April 2024|  

आठौ राष्ट्रिय प्रतियोगिता : फुटबलमा जुम्ला र सुर्खेत विजयी
  | ११ फाल्गुन २०७५, शनिबार १९:२४

सुर्खेत । फुटबलतर्फ शनिवार भएको खेलमा जुम्लाले विजयी शुरुवात गरेको छ । जुम्लाले जाजरकोटलाई ३ शुन्य गोलअन्तरले पराजित गर्दै पहिलो जित दर्ता गरेको हो । यस्तै महिलातर्फ भने सुर्खेत र जुम्ला बिजयी भएका छन् ।


मंगलगडी आर्मी स्कुलको खेलमैदानमा भएको खेलमा सुर्खेतले सल्यानलाई ७ शुन्य गोल अन्तरले हराएको छ । जुम्लाले मगुलाई ३ शुन्य गोल अन्तरले पराजित गर्दै फाईनलमा सुर्खेतसंग भिड्न्त पक्का गरेको हो । महिलातर्फ फाईनल आज हुनेछ भने पुरुषतर्फ आज नै तीन खेल हुने खेल संयोजक दिपक शाहीले जानकारी दिए ।