☰ open Loading... 19 April 2024|  

यातायात प्रालिको कर्णाली अध्यक्षमा खड्का
  | ११ फाल्गुन २०७५, शनिबार १९:४०

सुर्खेत । कर्णाली प्रदेशमा सञ्चालित यातायात प्रा.लि.को अध्यक्षमा कमल खड्का ‘जुनी’ ले चयन भएका छन् । प्रदेशहरुमा संञ्चालित यातायात प्रा.लि.हरुको छाता संगठन सार्वजनिक यातायात केन्द्रिय महासंघको काठमाडौंमा सम्पन्न पहिलो अधिबेशनले यस अघि नै गठन गरिएको तदर्थ समितिलाई बैधानिकता दिएको हो ।


प्रा.लिको बरिष्ठ उपाध्यक्षमा जीवनकुमार शर्मा, उपाध्यक्ष प्रकाशचन्द्र थापा सचिवमा रमेश खड्का, सह सचिबमा लोकबहादुर गुरुङ्ग, कोषाध्यक्ष दावा गुरुङ्ग र सह–कोषाध्यक्ष ओम प्रकाश तिवारी छन् ।

यस्तै, सदस्यहरुमा कालमाक्स श्रेष्ठ, टिकाराम सिंह ठकुरी, पदम वन, वीरबहादुर रावतसहित छन् । पदाधिकारीलाई शनिवार नै सपथ खाएका छन् । भेलाले केन्द्रिय सदस्यहरुमा नयानन्द आचार्य र सुर्यबहादुर रावतलाई सर्वसहमत रुपबाट मनोनित गरेको छ ।

कार्यक्रमको उद्घाटन सत्र बोल्दै सुर्खेत क्षेत्र नम्बर २ का प्रतिनिधी सभा सांसद नवराज रावतले स्वस्थ रुपमा यातायात क्षेत्रमा प्रतिस्पर्धा गर्न आग्रह गरेका थिए । उनले यातायात क्षेत्रमा देखिएका समस्याहरुलाई आफूहले सम्बन्धीत निकायमा पहली प्रयास गर्ने समेत बताए ।