☰ open Loading... 22 August 2019|   बिहिबार, भदौ ५, २०७६

क्रिकेट फाइनलमा रुकम पश्चिम र सुर्खेत भिड्ने

  |

सुर्खेत । आठौँ राष्ट्रिय खेलकुद छनौट अन्तरगत क्रिकेटको फाईनलमा सुर्खेत र रुकुम पश्चिम भिड्ने भएका छन् । आइतबार भएको लिग चरणको अन्तिम खेलमा सुर्खेतले सल्यानलाई र रुकुमले दैलेखलाई पराजित गर्दै फाईनल यात्रा पक्का गरेका हुन् ।

कालुन्चोक मैदानमा भएको खेलमा सुर्खेतले सल्यानलाई ५० रनको फराकिलो अन्तरले पराजित गर्दै फाईनलमा पुग्यो । लिग चरणका दुबै खेलमा जितेको सुर्खेत उच्च मनोबलका साथ मैदान उत्रिदै छ ।

एकमा जित र एकमा हार भोगेको रुकुमपश्चिमले भने सुर्खेतलाई घरेलु मैदानमा हराउँदै जित हात पार्ने शुरमा छ । टस जितेर पहिलो ब्याटिङ गरेको सुर्खेतले २० ओभरमा ४ विकेट गुमाएर १ सय ५२ रन जोड्यो । सुर्खेतका भविन शारुमगरले सर्वाधिक ४३ रन बनाउदाँ कप्तान रविन्द्रजंग शाहीले ३३ रनको योगफल तयार पारे ।

जवाफी ब्याङमा उत्रिएको सल्यानले १७ दशमलब १ ओभरमा सबै विकेट गुमाएर १०२ रनमा समेटियो । सल्यानका आशिक सिहँले २९ रन र दिनेश अधिकारीले १० रन जोडेपनि खेललाई जिताउन सकेनन् । आइतबार नै भएको अर्को खेलमा रुकुम पश्चिमले दैलेखलाई ९ विकेटले हराउदै फाईनल पुगेको हो ।

पहिले ब्याटिङ गरेको दैलेखले निर्धारित २० ओभरमा ९ विकेटको गुमाएर ९३ रन बनाउन सफल भयो । ९४ रनको सामान्य लक्ष्य पाएको रुकुमले १० ओभरमा १ विकेटको क्षेतिमा भेटाउदै जित हात पार्न सफल भयो । यस्तै तेस्रो स्थानका लागि सोमबार सल्यान र दैलेखविच प्रतिस्पर्धा हुनेछ ।

यसैविच, फुटबलमा महिलातर्फ जुम्ला विजयी भएको छ । मंगलगढी स्कुलको खेलमैदानमा भएको खेलमा निधार्धित समयमा गोल हुन नस्कदा हार जित नतिजा ट्रइबेकरबाट गरिएको थियो ।

ट्रइबेकरमा सुर्खेतलाई ७–६ गोल अन्तरले हराउँदै जुम्लाले जित हात पा¥यो । पुरुषतर्फ भएको खेलमा कालीकोट र सुर्खेत विजयी शुरुवात गरेका छन् । कालीकोटले सल्यानलाई ३–२ गोल अन्तरमा हराएको हो भने सुर्खेतले जुम्लालाइ २–१ गोल अन्तरले पाखा लगाएको हो ।

प्रकाशित मितिः आइतवार, फाल्गुन १२, २०७५     6:54:22 PM
error: Content is protected !!