☰ open Loading... 20 April 2024|  

लाेक संस्कृतिकाे संरक्षण गर्न ‘दैलेख महोत्सव सञ्चालन गरिँदै
  | १४ फाल्गुन २०७५, मंगलवार १६:२८

दैलेख । लोप हुँदै गएको स्थानीय लोक संस्कृतिको संरक्षण तथा उजागार गर्न दैलेख उद्योग बाणिज्य संघले ‘दैलेख महोत्सब २०७५ आयोजना गरेको छ । नेपाल उद्योग बाणिज्य महासंघ काठमाण्डौ र दैलेख उद्योग बाणिज्य संघ दैलेखले संयुक्त रुपमा महोत्सबको अयोजना गरेका हुन् ।

दैलेख महोत्सब २०७५ तथा कर्णाली प्रदेश स्तरिय उद्यम, कृषि पर्यटन तथा औधोगिक व्यापार मेला यहि फागुन २२ देखि चैत्र २ गते सम्म संचालन हुने भएको छ । काठमाण्डौ र लुम्बिनी पछिको धार्मीक, ऐतिहासिक, पुरातात्विक र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिने दैलेखलाई धार्मीक पर्यटकीय स्थलको रुपमा विकास गर्ने महोत्सबको उदेश्य रहेको छ ।

महोत्सबले हिन्दुपुराण तथा श्रीस्वस्थानी ब्रतकथामा आधारित धार्मीक पर्यटकीय स्थलहरुको प्रचार प्रसारको माध्यमबाट आन्तरिक तथा बाह्य पर्यटक दैलेख जिल्लामा प्रवेश गर्ने वातावरण सृजना गर्ने संघका महासचिव राजेश कुमार हमालले बताउनुभयो । ‘महोत्सबले दैलेखको कला सस्कृति र ईतिहासलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा चिनाउने छ,’ महासचिव हमालले भन्नुभयो ‘लोप हुन लागेका साँस्कृतिक सम्पदा परम्परागत जीवनशैलीलाई प्रतिनीधित्व गर्ने प्रविधि र संसाधनको जर्गेनासँगै दैलेखको वर्तमान विकास स्थिती झल्काउने छ ।’ जिल्लाभरी छरिएर रहेका कला संस्कृतिलाई जगेर्ना गर्न प्रयास गर्ने बताउँदै महासचिव हमालले भन्नुभयो ‘महोत्सबले स्थानीय परम्परागत शिप, कला र संस्कृतिको संरक्षण र प्रर्वद्धन गर्नेछ ।’

संघद्धारा मंगलवार यहाँ आयोजित पत्रकार सम्मेलनमा महोत्सब तयारी समितिका संयोजक गणेश श्रेष्ठले दैलेख सदरमुकामको काँडाचौरमा संचालन हुने महोत्सबले हस्तकला व्यवसायको प्रर्वद्धन गरी लगानीका अवसरहरु सृजना गर्ने बताउनुभयो । महोत्सबले जिल्लाका कृषि उपज बस्तुहरुको बजार प्रर्वद्धन गर्ने र गार्मेन्ट्स तथा छाला जुत्ताको बजारिकण गर्ने उदेश्य राखेको उहाँको भनाई छ । महोत्सबको मुख्य आकर्षकको रुपमा राउटे नाच, हुड्के, ढोलकी, मयूर, मारुनी, सोरठी, ख्याली, पैसरी, टाकटुके नाच रहेको आयोजकले जनाएको छ ।

महोत्सब अवधीभर विभिन्न प्याकेजहरु समावेश गरिएको छ । जसमा श्रीस्थान ज्वाला लगाएतका दैलेखका महत्वपूर्ण धार्मीक तथा पर्यटकीय स्थलहरुको सशुल्क अवलोकन भ्रमण, प्राकृतिक दृष्यहरुको सःशुल्क अवलोकन रहेका छन् । यस्तै रमाइलो मेला संचालन गरिने छ भने दैलेखमा उत्पादित स्थानीय बस्तुहरुको प्रदर्शन तथा विक्री वितरण गरिने आयोजकले जनाएको छ । महोत्सबमा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहनेछ ।

महोत्सबका आगन्तुकहरुका लागि सिसिटिभी सहितको सुरक्षा व्यवस्था, टेलिफोन र इन्टरनेटको व्यवस्था, सःशुल्क यातायात लगाएतका सुविधाहरु राखिएको महासचिव हमालको भनाई छ । महोत्सबमा जिल्लाका ११ वटै स्थानीय तहमा रहेका स्थानीय कला संस्कृतिक प्रर्दशन गर्ने आयोजकले जनाएको छ ।

महोत्सब अवधीभर करिब ५१ लाख ५० हजार रुपैयाँ आम्दानी हुने अपेक्षा आयोजकले गरेको छ । महोत्सवका सहयोगि संस्था साना तथा मझौला कृषक आय स्तर वृद्धि आयोजना व्यवस्थापन इकाई नेपालगञ्ज र घरेलु तथा साना उद्योग विकास समिति दैलेख रहेका छन् ।