☰ open Loading... 25 August 2019|   आइतवार, भदौ ८, २०७६

पुरस्कृतका लागि सिफारिस भएका कर्णालीका उत्कृट १२ प्रहरी

  |

सुर्खेत ।
कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुमा कार्यरत १२ जना प्रहरीहरुलाई पुरस्कृत गर्न सिफारिस गरिएको छ । गत पौष र माघ महिनामा प्रहरीको मासिक कार्ययोजनाअनुसार कार्य, ट्राफिक कार्य, अपराध, महिला तथा बालबालिका सेवा केन्द्र, सामुदायिक प्रहरी सेवामा दिएको जिम्मेवारी त्रुटीरहित सम्पन्न गरेको भन्दै उनीहरुलाई सिफारिस गरिएको हो ।


पुरस्कृत गर्न सिफारिस गरिएको पुस महिनाका उत्कृष्ट प्रहरीहरुमा कार्यरत जिल्लातर्फ डोल्पाका प्रहरी नायव निरीक्षक अवदेश विष्ट क्षेत्री, कालीकोटका प्रहरी नायव निरीक्षक रमेश पन्थी, जुम्लाका प्रहरी हवल्दार हिक्मत थापा, सुर्खेतका प्रहरी जवान शिव गिरी, दैलेखका प्रहरी जवान पूर्णकुमारी खड्का र नगर प्रहरी कार्यालय सुर्खेतमा कार्यरत प्रहरी नायव निरीक्षक ढुण्डिराज अधिकारी छन् ।

यस्तै माघ महिनामा उत्कृष्ट काम गर्ने प्रहरीहरुमा जिल्ला प्रहरी कार्यालयतर्फ कार्यरत सुर्खेतका प्रहरी नायव उपरीक्षक प्रदिपबहादुर क्षेत्री, कालिकोटका प्रहरी सहायक निरीक्षक निरज सिंह तथा प्रहरी जवान पार्वती बुढा, रुकुम पश्चिमका प्रहरी जवान प्रकाश शाही, अस्थायी ट्राफिक प्रहरी पोष्ट छिन्चुका प्रहरी हवल्दार टोपबहादुर महतरा र ईलाका प्रहरी कार्यालय दुल्लुमा कार्यरत प्रहरी जवान इन्द्रबहादुर घर्तीलाई सिफारिस गरिएको छ ।

उनीहरुलाई ६ सयदेखि १२ सय नगद पुरस्कार प्रदान गरिनेछ । प्रहरीले तयार गरेको रणनीति कार्यअनुसार काम गरेकाले नगदसहित पुरस्कृत गर्न लागिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका डिआईजी महेशविक्रम शाहले जानकारी दिए ।

‘उहाँहरु कार्यरत स्थानमा ईमान्दारी र वफदारीका साथ उत्कृष्ट कार्य गरेकाले पुरस्कृत गर्दै आएका छौं’ डिआईजी शाहले भने, ‘यसले प्रहरी कर्मचारीहरुको मनोवल बढ्ने र आफ्नो कार्यप्रति थप इमान्दारी बनाउन हौसला बढ्ने अपेक्षा लिएका छौं ।’ प्रहरी नियमावली २०७१ को परिच्छेद १५ को नियम १९७ देहाय (ख) बमोजिम नगद पुरस्कारद्वारा पुरस्कृत गरिने छ ।

प्रकाशित मितिः मङ्लबार, फाल्गुन १४, २०७५     8:56:29 PM
error: Content is protected !!