☰ open Loading... 19 April 2024|  

नेकपाको कर्णाली प्रमुख सचेतकमा शाह र सचेतकमा नेपाली
  | १८ फाल्गुन २०७५, शनिबार १८:५०

सुर्खेत ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कर्णाली प्रदेश मुख्य सचेतकमा गुलाबजंग शाह चयन भएका छन् । प्रदेश सांसदसमेत रहेका शाहलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रमुख मुखय सचेतकमा चयन नियुक्ति गरेका हुन् ।

यस्तै मुख्यमन्त्री शाहीले सचेतकमा प्रदेश सांसद सिता नेपालीलाई सचेतकमा नियुक्त गरेका छन् । शुक्रबार बसेको संसदिय दलको बैठकको छलफलपछि शाह र नेपालीलाई नियुक्त गरिएको हो । गुलावजंग रुकुम पश्चिमबाट र सिता नेपालीले सुर्खेतबाट प्रदेशसभामा प्रतिनिधित्व गरेका छन् ।