☰ open Loading... 25 April 2024|  

‘कर्मचारी नहुदाँ सेवाग्राहीलाई सास्ती’
  | २ चैत्र २०७५, शनिबार १८:१७

चामुण्डा (दैलेख) । कर्मचारी समायोजनाको असर चामुण्डाविन्द्रासैनी नगरपालिकालाई परेको छ । कर्मचारीहरु समायोजना भएर संघ र प्रदेश र अन्य स्थानीय तहमा जादाँ समायोजना भएका कर्मचारी नआउदा नगरपालिकाको दैनिक कार्य सम्पादनमा असर परेको हो ।

एक सेवाग्राहीले भने, –‘काम सकेको धेरै दिन वित्यो भुक्तानी भएको छैन ।’ ‘प्राविधिक मुल्यांकन पनि भईसक्यो ।’ ‘भुक्तानीका लागि कार्यालय धाउन थालेको धेरै दिन भयो ।’ भुक्तानी भएको छैन ।’ प्रमुख प्रशासकीय अधिकृत र लेखाफाँटमा कर्मचारी नहुदाँ म मात्र होइन धेरै सेवाग्राहीले दुःख पाएका छौँ ।’ संघिय सरकारले चामुण्डाविन्द्रासैनी नगरपालिकामा कर्मचारी समायोजना गरी कहिले पठाउछ ? हामी कर्मचारीको पखाईमा छौँ ।

यतिमात्र होइन कर्मचारी नहुदाँ नगरपालिका भित्रका विद्यालयका शिक्षकहरुले समेत तलब भत्ता निकासा भएको छैन । नगरपालिकाका कर्मचारीले समेत तलब भत्ता पाएका छैन । नगरपालिकामा भएका कर्मचारीलाई आर्थिक अख्तियारी नदिदा दैनिक कार्य सम्पादनमा भुक्तानी र तलब भत्ता निकासी नभएको स्रोतले जनाएको छ ।

कर्मचारी नै नहुदाँ नगरपालिकाको दैनिककार्य सम्पादनमा ढिलाई भएको चामुण्डाविन्द्रासैनी नगरपालिका नगर प्रमुख सूर्यबहादुर शाहीले बताए । भौतिक पुर्वाधार निर्माण कार्य सम्पन्न हुदाँ समेत कर्मचारी नहुदाँ भुक्तानी नभएको छैन । आर्थिक वर्षमा २०७५÷०७६ मा नगरपालिकाले विनियोजित गरेको रकम लक्ष्य अनुसार खर्च हुन नसक्ने उनले बताए । ‘संघ कर्मचारी पनि पठाउदैन, ‘नगरपालिकामा भएका कर्मचारीलाई आर्थिक अख्तियारी पनि दिर्दैन, लक्ष्य अनुसार बजेट कसरी खर्च गर्ने हो उनको प्रश्न छ ।

‘संघिय सरकारले छिटो कर्मचारी पठाउनु पर्छ । कर्मचारी पठाउन सक्दैन भने नगरपालिकामा भएका कर्मचारीलाई अख्यिारी दिनुपर्छ’ उनले भने ।