☰ open Loading... 19 April 2024|  

पढाउन छाडेर महोत्सव धाउने शिक्षक
  | २ चैत्र २०७५, शनिबार १८:३७

दैलेख । एक शिक्षक दैलेखमा जारी दैलेख महोत्सव २०७५ मा विद्यालयमा पढाउन छाडेर गित गाउन पुग्ने गरेका छन् । महोत्सवमा गित गाउनका लागि विद्यालयमा विदा नलेखेर जाने गरेका हुन् ।

सदरमुकामनजिकै रहेको सरस्वती माध्यमिक विद्यालयका राहत शिक्षक लोकेन्द्र जिसी विद्यालयमा पढाउन छाडेर महोत्सवमा पुग्ने गरेको विद्यार्थीहरु गुनासो गर्छन् । अभिभावकहरुले शिक्षक महोत्सवतिर जान थालेसंगै पढनपाठनमा समस्या भएको बताए ।


दैलेखमा फागुन २४ गतेदेखी सञ्चालन भएको महोत्सवमा गित गायन गायक जिसी पटक पटक गित गाउदै आएका छन् । विद्यालयमा विदा नदिई प्रधानाध्यापक जिवराज तिमिल्सेनाको मिलोमत्तोमा मनपरि विद्यालय छाड्न थालेको अभिभावकहरुले गुनासो गरे ।

शिक्षा विकास तथा समन्वय ईकाइका प्रमुख खगेन्द्र मल्लले शिक्षक लोकेन्द्र जिसी विदा नलिई महोत्सवमा गएको विद्यालयबाट जानकारी आएको बताए । उनले दिउँसो १ बजेपछि मात्र महोत्सवमा शिक्षक जिसी गएको बताए । विदा नदिई महोत्सवमा जाने शिक्षकको तलव काटिने ईकाइ प्रमुख मल्लले बताए ।