☰ open Loading... 19 April 2024|  

विप्लव समुहलाई चन्दा नदिन प्रमुख जिल्ला अधिकारीको आग्रह
  | ६ चैत्र २०७५, बुधबार १७:५२

दैलेख । दैलेखका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटाले जनप्रतिनिधिहरुलाई विप्लव समुहलाई चन्दा नदिन आग्रह गरेका छन् । आफ्नै कार्यकक्षामा जनप्रतिनिधिहरुलाई चन्दा नदिनका लागि आग्रह गरेका हुन् ।

उनले आफ्नो कार्यकक्षमा जनप्रतिनिधिहरुको बैठकमा चन्दा नदिन आग्रह गर्दै शान्ती सुरक्षा दिनका लागि २४ घण्टा आफु तयार भएको बताएका हुन् । त्यस्तै प्रमुख जिल्ला अधिकारीले नौमुले पुगेर जनप्रनिधिहरुलाई चन्दा नदिन आग्रह गरेका छन् ।

उनी विप्लव समुहलाई सरकारले प्रतिबन्ध लगाएपछि पहिलो पटक गाउँ पुगेका हुन् । दैलेखका प्रमुख जिल्ला अधिकारी सहित प्रहरी प्रमुखलगायतको टोली नागरिकता शिविरमा नौमुले गाउँपालिका पुगेको थियो ।

गाउँ पुगेका उनीहरुले स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधिसंग छलफल गरेर चन्दा नदिन र विप्लव समुह गतिविधिबारे जानकारी दिन आग्रह गरे । हामीलाई हान्ने गोली किन्न तपाईहरु चन्दा नदिनुस् । प्रमुख जिल्ला अधिकारी बाँस्कोटाले भने, उनीहरुको गतिविधिबारे जानकारी दिनुस् हामी शान्ती सुरक्षा दिन्छौं ।

दैलेखका स्थानीय तहका प्रमुखदेखी वडा अध्यक्षसम्मलाई पदबाट राजिनामा दिनदेखी चन्दा मागेर विप्लव समुहले पत्र पठाईसकेको जनप्रतिनिधिहरुले कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआईजी महेशविक्रम शाहलाई गुनासो गरेका छन् । केही जनप्रतिनिधिले विप्लव समुहका कार्यकर्ताले विकास निर्माणमा गुणस्तरिय काम गर्नका लागि सहयोग गरेको बताए ।

डिआईजी महेशविक्रम शाहले जनप्रतिनिधिहरुको सुरक्षा दिने र विप्लव समुह अपराधिक गतिविधिमा लागेकाले गाउँगाउँमा खोजीनिति भईरहेको बताए । स्थानीय तहमा रहेका प्रहरी चौकी जनप्रतिनिधिहरु न्यून रहेकाले बढाउन जनप्रतिनिधिहरुले जिआईजी शाहसंग माग गरेका छन् ।

जिल्लामा विप्लवको गतिविधि बढ्न थालेपछि जनप्रतिनिधिले काम गर्न असहज हुने भन्दै सुरक्षा चुनौती थपिएको गुनासो गरेका छन् । स्थानीय दुर्गम ठाउँमा रहेकाले काम गर्न निकै कठिन रहेको जनप्रतिनिधिहरु भनाई छ ।