☰ open Loading... 20 October 2019|   आइतवार, कार्तिक ३, २०७६

टेन्ट हाउसका सञ्चालक जाेडी ब्राउन सुघरसहित पक्राउ

  |

सुर्खेत । ब्राउन सुघरसहित प्रहरीले एक जोडीलाई पक्राउ गरेको छ । वीरेन्द्रनगरमा समिट टेन्ट हाउसका सञ्चालक सलिन सिद्धिकी र सहनाज सिद्धिकीलाई इलाका प्रहरी कार्यालय छिन्चुले पक्राउ गरेको हो ।

विशेष सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी निरीक्षक निरोज चौलागाईको नेतृत्वमा खटिएको टोली सिद्धिकीद्वयलाई पक्राउ गरेको छ । प्रहरीले उनीहरुबाट १५ क्वाटर ब्राउन सुगर बरामद गरेको छ ।

भारतको रुपैडियाबाट सिद्धिकीद्वयले ब्राउन सुगर ल्याएको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ । भे ७ प ५०५८ नम्बरको मोटरसाईलको सिटमुनी लुकाएको अवस्थामा ब्राउन सुगर फेला परेको सुर्खेत प्रहरीले जानकारी दिएको छ । सिद्धिकीद्वयलाई अदालतबाट म्याद थप गरेर छिन्चु प्रहरीले अनुसन्धान शुरु गरेको छ ।

यस्तै, छिन्चु प्रहरीले वीरेन्द्रनगर नगरपालिकामा कार्यरत कुचिकार इन्द्रजीत बाल्मीकीलाई समेत ६.८१० ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ । विस्कुटमा ब्राउन सुगर लुकाएर ल्याउँदै गर्दा बाल्मीकिलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रकाशित मितिः मङ्लबार, चैत्र १२, २०७५     9:41:23 AM
error: Content is protected !!