☰ open Loading... 6 December 2019|   शुक्रबार, मंसिर २०, २०७६

विकास र रोजगारीका लागि वडावडामा कार्यदल

  |

दैलेख । लस्करै एउटै ज्याकेट लगाएका महिला, पुरुषहरु । घर निर्माण होस् या सडक, गोरेटो बाटो यसरी लामवद्ध भएर सगसगै काम गर्छन् । छिनभरमै कामको प्रतिफल प्रभावकारी रुपमा दिन्छन् । उनीहरुको कामलाई झट् हेर्दा सवै दंग पर्छन् । नयाँ शैलीमा गाउँको विकासका लागि उनीहरुलाई खटाईएको हो । गुरासँ गाउँपालिकाले डोजरबाट हुने कामलाई कम गर्न र स्थानीयलाई रोजगारी दिनका लागि निति कार्यक्रमबाटै पूर्वाधार निर्माण कार्यदल बनाएको हो ।


यो वर्षदेखी कार्यदल निर्माण गरेर गुरासँ गाउँपालिकाले वडावडामा पूर्वाधार निर्माण गरिरहेको छ । प्रत्येक वडामा टिम लिडरसहित १० जना कार्यदल सदस्य रहेका छन् । उनीहरुले पुराना तथा नयाँ योजनाहरुमा वडा कार्यालयमार्फत तोकिएको ठाउँमा काम गर्छन् । उनीहरुले दिनमा निश्चित समयसम्म मात्र काम गर्छन् । विहान १० बजेदेखी साँझ ४ बजेसम्म तोकिएको स्थानमा काम गर्छन् ।

हप्तादिनसम्म काम गर्ने योजनाहरु वडा कार्यालयको निर्णय र प्राविधिकको सहयोगमा पहिल्यै खवर हुन्छ । उनीहरुका लागि मासिक १० हजार रुपैँया तोकिएको छ । गुरासँ गाउँपालिकामा ८ वडामा ८० जना कार्यदल सदस्य रहेका छन् । उनीहरुले नियमित कामसंगै तत्काल बनाउनुपर्ने र भित्केका सडकहरु पनि तुरुन्तै निर्माण गर्छन् ।

आगामी वर्षदेखी कार्यदलमा सदस्य दोब्वर थपेर वडा तथा गाउँपालिकाका योजनाहरुमा रोजगारी दिनेगरि ब्यवस्थापन गर्न थालेको गाउँपालिकाले जनाएको छ ।

पूर्वाधार निर्माणमा प्रभावकारी बनाउँन तथा स्थानीयहरुलाई रोजगारी दिनका लागि निति तथा कार्यक्रमबाटै कार्यविधि बनाएर पूर्वाधार निर्माण कार्यदललाई वडावडामा पठाईएको गुरासँ गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले बताए । ‘गाउँमा स्थानीयहरुलाई रोजगारी दिने खालको कार्यक्रमहरु मध्ये एउटा कार्यदल बनाएका हौ’ गाउँपालिका अध्यक्ष ओलीले भने, वडामा विकास निर्माणमा कार्यदल कोशेढुंगा हुनेछ ।’

आफुहरुलाई वडा तथा गाउँपालिकाले गाउँकै विकास निर्माणमा खटाएर आफुहरुको रोजगारी तथा विकासमा राम्रो काम गरेको गुरासँ गाउँपालिका –८ का पूर्वाधार निर्माण कार्यदलका टिम लिडर रामबहादुर वलीले बताए । गाउँको विकासमा आफुहरुलाई समेटेकोमा कार्यदलका सदस्यहरु निकै खुसी छन् । वर्षेनी डोजर प्रयोग गरेर बाहिर पैसा खर्च गर्ने गरेपनि अहिले कार्यदलले काम गर्न थालेपछि कम भएको जनाईएको छ ।

गाउँकै दाजुभाईसंग मिलेर विकास निर्माणमा खटिन पाएकोमा आफु निकै खुसीभएको कार्यदलका सदस्य छातककुमारी विसीले बताईन् । वडाका विकास निर्माणमा कार्यदलले जुझारु भएर काम गरेको गुरासँ गाउँपालिका– ८ का अध्यक्ष पूर्णबहादुर वलीले बताए । पूर्वाधार निमार्णका लागि कार्यदल बनाएर नियूक्ती दिईएको वडाअध्यक्ष वलीले बताए ।

वडाबाट कहाँ के काम गर्ने भनेर मासिक रुपमा निर्णय हुन्छ । वडाअध्यक्ष वलीले भने, त्यही अनुसार काम बाँडफाड हुन्छ । भैपरिआउने कामहरु तत्काल निर्णय गरेर गर्ने गर्छौ जस्तो सडक अवरोध, आपतकालिन अवस्थामा तत्काल पठाउँछौं । सानो सानो कुरामा डोजर लगाउनुपर्ने अवस्थाको अन्त्य भएको उनले बताए ।

रोजगारीका लागि गाउँपालिकाले निश्चित वर्षका लागि अनुदानमा बजेट वितरण गरेको छ । कृषि तथा पुश पालका अन्य काम गर्ने किसानहरुलाई आवश्यक प्रकृया पुरा गरेर बजेट दिने गरेको छ ।

प्रकाशित मितिः शनिबार, चैत्र २३, २०७५     5:47:11 PM
error: Content is protected !!