☰ open Loading... 13 July 2019|   शनिबार, असार २८, २०७६

१२ सय विद्यार्थीलाई निःशुल्क झोला

  |

दैलेख । विद्यालय लैजान झोला समेत किन्न नसक्ने अति विपन्न परिवारकी अम्विका विक नयाँ झोला पाएसंगै निकै खुसी छिन् । परिवारको आर्यश्रोत नहुँदा विद्यालय पढ्नै सकस हुने अम्विका आठविस नगरपालिका सिगौंडीस्थित जनता आधारभुत विद्यालयमा कक्षा ७ मा पढ्छिन् । उनका लागि विद्यालय पोशाक समेत किन्न गाह्रो छ ।

निःशुल्क पाईने किताव समेत समयमा आउँदैन् । घरको काम त्यसपछि मात्रै मुस्किलले विद्यालय पढ्ने पाउने अम्विका विकको पढाईमा धेरै बाँधाअचन आए । तरपनि उनी आफ्नो पढाईलाई निरन्तर दिईरहेकी छिन् । ‘विद्यालयमा कितावकपी हाल्नका लागि झोला लिएन् ।’ अम्विकाले भनिन् ः मैले झोला पाए, एकदम खुसी छु । अव, सजिलो हुने भो ।’

अम्विकाजस्तै लक्ष्मी माध्यमिक विद्यालयका नमराज नेपाली पनि झोला पाउँदा निकै खुसी छन् । एउटा झोला तुनेर तिन चार वर्षसम्म पनि प्रयोग गर्नुपर्ने बाध्यता हटेको उनीहरु बताउँछन् । झोला दिएर आफुहरुलाई पठनपाठनमा निकै सहज हुने नमराज बताउँछन् ।

गरिव तथा विपन्न वर्गका विद्यार्थीहरुलाई केन्द्रित गरेर लोकेशप्रसाद आर्चायले आठविस नगरपालिकाभरी आमाको स्मृतिमा १२ सय झोला वितरण गरेका हुन् । उनले जलु आर्चाय स्मृती फाउन्डेसन खोलेर ब्यतिगत रुपमा गाउँमा थुप्रै अभियानहरु चलाएका हुन् ।

आमाको क्यान्सरबाट मृत्यू भएको हुँदा शिक्षामा आफुले सहयात्रीका रुपमा सानो सहयोग गर्न खोजेको फाउन्डेसनका संस्थापक लोकेशप्रसाद आर्चायले बताए । दैलेख दुर्गम मानिने आठविस नगरपालिकालाई आर्चायले सेवा गर्ने थलो बनाएका हुन् ।

आठविस नगरपालिकाका ९ वटै वडाका ३५ आधारभुत र माध्यमिक विद्यालयमा १२ झोला वितरण गरिएको संस्थापक आर्चायले बताए । नगरपालिकाका ३ ठाउँबाट १२ झोला विद्यार्थीलाई वितरण गरेको जनाईएको छ । १ कक्षादेखी ९ कक्षासम्मका बालबालिकाहरुलाई झोला वितरण गरिएको हो ।

विद्यालयले जेहेनदार तथा गरिव र विपन्न विद्यार्थी छानेको आधारमा झोला वितरण गरिएको आयोजकले जनाएको छ । ‘शिक्षा क्षेत्रमा आमाको नामबाट सानो सहयोग गरेका हौं ।’ संस्थापक आर्चायले भने, ग्रामीण भेकमा अव थुप्रै अभियान चलाउने कार्ययोजना गराएको छु ।’

तत्काल विद्यालयमा सवै बालबालिकाको पहुँच र अधिकारका लागि विद्यार्थी भर्ना अभियान लिएर वडावडा पुग्ने कार्यक्रम रहेको उनले बताए । त्यस्तै उनले यो वर्षभित्र नगरका फिल्ड नभएको विद्यालयमा फिल्ड निर्माण गर्ने, विद्यालयलाई खेलकुद सामाग्री उपलब्ध गराउने र आमाको स्मृतीमा स्थापना भएको अक्षकोषबाट सवै विद्यालयका कक्षा प्रथम र एसईईमा प्रथम हुनेलाई छात्रवृद्धि दिने छन् ।

लोकेशले आफ्नो आमाको नामबाट सामाजिक कार्य गरेर नगरपालिकामै उदाहरणीय कार्य गरेको रोलस्थित गणेश माध्यमिक विद्यालयका प्रधानाध्यापक श्रीनन्द शर्माले बताए । प्रत्येक विद्यालयमा हप्तामा एक दिन बालिकाहरुलाई आत्मरक्षा तालिम दिने, प्याट वितरण गर्ने र कुप्रथाको रुपमा रहेको छाउपडीलाई रोक्नका लागि विद्यालय स्तरबाटै चेतनाका कार्यक्रम गरिने फाउन्डेसनले जनाएको छ ।

प्रकाशित मितिः शुक्रबार, चैत्र २९, २०७५     10:19:27 AM
error: Content is protected !!