☰ open Loading... 29 March 2024|  

विष्णु रेडियो इम्पोरियमकाे मल्टी साेरूम सञ्चालन
  | ४ बैशाख २०७६, बुधबार १८:३७

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा बुधबार अत्याधुनिक इलेक्ट्रिक्स पसल सञ्चालनमा आएको छ । वीरेन्द्रनगरको तल्लो बजारमा विष्णु प्रसाद शर्माले विष्णु रेडियो इम्पोरियम प्रा.लि.को उदघाटन गरेका हुन ।

उनले बैशाख महिना भरि टिभीमा २० देखी ४३ प्रतिशत सम्म छुट रहेको बताए । ‘एलजी र तोसिबा ब्राण्डाको टिभीमा हामीले ४३ प्रतिशतसम्म छुट दिने घोष्णा गरेका छौं ।’ उनले भने, ‘हरेक सामानहरुमा हामीले छुट दिइरहेका छौं । कम्पनीसँग कुराकानी गरेर भएपनि हामी कम नाफा लगेर ग्राहकलाई गुणसतरयि सामानहरु उपलब्ध गराइरहेका छौं ।’

उनले आफुहरु कर्णालीकै एक नम्बर विक्रेताको रुपमा रहेको दाबी गरे । ‘कर्णाली प्रदेशकै एक नम्बर मल्टीब्राण्ड शोरुमसहित हामी आएका हौं ।’ सञ्चालक शर्माले भने, ‘हामीसँग सबै इलेक्ट्रोनिक्स सामानहरु ग्यारेण्टीका साथ विक्री तथा वितरण भइरहेको छ ।’

एलजी ब्राण्डको एकमात्र ब्राण्डेड सोरुम रहेको इम्पोरियममा टिभी, फ्रिज, पंखाहरु, एसी, कुक्कर देखी सबै आवश्यक पर्ने इलेक्ट्रोनिक्स सामानहरु उपलब्ध रहेको संचालक शर्माको भनाई छ ।

‘वासिंग मेसिन तथा फ्रिजलाई हामी फ्रि होम डिलिभरी सेवा सहित विक्री गर्दै आएका छौं ।’ सञ्चालक शर्माले भने, ‘त्यसको दश वर्षसम्म ग्यारेण्टी रहेको छ ।’ उनले अन्य सामानको हकमा विभिन्न उपहारहरु प्रदान गरिने जानकारी दिए ।

उदघाटन सत्रलाई सम्वोधन गर्दै सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावतले अत्याधुनिक पसल सञ्चालनमा ल्याएकोमा धन्यवाद दिए । उनले जहिल्यै पनि ग्राहक वर्गको हितलाई ध्यानमा राख्दै अघि बढन सुझाए । त्यसकालागि आवश्यक पर्ने सहयोग गर्न संघ तयार रहेको बताए ।