☰ open Loading... 24 October 2019|   बिहिबार, कार्तिक ७, २०७६

विवाह वर्षोत्सवमा अाश्रमलाई सहयोग गर्ने खत्री दम्पत्ति

  |

सुर्खेत । सुर्खेतका एक जोडीले आफ्नो विवाह वर्षोउत्सवमा आश्रमलाई सहयोग गरेका छन् । वीरेन्द्रनगरको बाँगेशीमलमा बस्ने दिनेश खत्री र उहाँका श्रीमती पार्वती भण्डारी खत्रीले विवाहवर्षोत्सवमा नेवारेमा रहेको मानव सेवा आश्रमलाई सहयोग गरेका हुन् ।


खत्रीद्वयले आश्रममा फलुफल र विद्युतीय पंखा सहयोग गरेका छन् । फजुल खर्च गर्नुभन्दा आश्रममा आश्रय लिइरहेका नागरिकलाई सहयोगले उनीहरुको हेरचाहमा सहयोग पुग्ने भएकाले आफूहरुले सहयोग गरेको पार्वती भण्डारी खत्रीले जानकारी दिनुभयो ।

उहाँले आगामी दिनमा पनि आश्रमलाई यस्तै सहयोग गर्ने बताउनुभयो । ‘मानव सेवाभन्दा अर्को धर्म हुँदैन्’ खत्रीले भन्नुभयो, ‘हामीले गर्ने सानो सहयोगले अन्य व्यक्तिहरुलाई ठूलो हुनसक्छ त्यसैले पनि विवाह वर्षोत्सव आश्रममै मनाएका हौं ।’

मानव सेवा आश्रम नेवारे शाखाका व्यवस्थापक संजिता गौतमले पुन्य कार्यका लागि सहयोगी हातहरु बढेकोमा खुशी व्यक्त गर्नुभयाे ।
बिवाहित खत्री दम्पतिले वीरेन्द्रनगर १ बाँगेशीमलमा व्यवसाय गरीरहेका छन । खत्रीद्वय गतवर्ष बैशाख ५ गते विवाह वन्धनमा बाँधिनु भएकाे हाे ।

झण्डै ३ महिनादेखि शुरु गरेको आश्रममा सडकमा आश्रय लिएका तथा मानसिक सन्तुलन ठिक नभएकाहरुलाई सेवा गरिँदै आएको छ । अाश्रममा हाल २३ जनाले अाश्रय लिइरहेका छन् ।

प्रकाशित मितिः शुक्रबार, बैशाख ६, २०७६     9:40:22 AM
error: Content is protected !!