☰ open Loading... 19 April 2024|  

पश्चिम नेपालमा महाभूकम्पको खतरा
  | १२ बैशाख २०७६, बिहीबार ०७:२६

काठमाडाैं । ०७२ वैशाख १२ को भूकम्पपछि निरन्तर परकम्प गइरहेकाले ठूलो भूकम्पको जोखिम कम भएको लेखेको छ । तर पश्चिम नेपालमा भने महाभूकम्पको खतरा रहेको उसले औंल्याएको छ ।


गोरखापत्र लेख्छ– कुनै क्षेत्रमा ठूलो भूकम्प गएपछि त्यहाँ जम्मा भएको शक्ति निष्क्रिय हुन्छ । फेरि त्यो शक्ति सञ्चय हुन लामो समय लाग्छ । हिमालय क्षेत्रमा आठ रेक्टर स्केलभन्दा ठूलो भूकम्प जान सात आठ वर्ष लाग्छ । तर, आठभन्दा सानो भूकम्प गयो भनेचाहिँ कति वर्षमा आउने भन्ने ठेगान हुँदैन ।

१२ वैशाख ०७२ मा भूकम्प गएका क्षेत्रमा यसको खतरा नभए पनि पश्चिम नेपालमा भने भूकम्पको खतरा रहेको भूकम्पविदहरुलाई उद्धृत गर्दै गोरखापत्रले समाचार लेखेको छ । गोरखापत्रका अनुसार त्यो भूकम्प कति समयपछि कुन मात्रामा जान्छ भनेर अनुमान गर्न नसकिने विज्ञहरुले बताएका छन् ।

नेपालको पूर्वी, मध्य र पश्चिम क्षेत्रको अध्ययन गर्दा मध्य नेपालमा ८० देखि सय वर्षको अवधिमा ठूला भूकम्प गएको पाइन्छ । भूकम्पविदहरुको अनुसार पश्चिम नेपालमा सन् १५०५ पछि ठूलो भूकम्प गएको छैन ।

सिस्मोलोजिस्ट मुकुन्द भट्टराईका अनुसार पश्चिम नेपालमा धेरै शक्ति सञ्चय भएको देखाउँछ । यस क्षेत्रमा महाभूकम्प जाने सम्भावना छ । काठमाडौं उपत्यकाको दक्षिणी क्षेत्रमा पनि लामो समयदेखि शक्ति सञ्चय भइरहेको छ । सन् १८३३ मा गएको भूकम्पले पनि यस क्षेत्रको शक्ति पूरै बाहिर नगएको ठान्छि ।

भट्टराईले गोरखापत्रसँग भनेका छन्– गोरखा भूकम्पपछि गोरखादेखि सिन्धुपाल्चोकसम्मको क्षेत्रमा सञ्चय भएको शक्ति बाहिर गएको छ । त्यसैले यो क्षेत्रमा तत्कालै ठूलो भूकम्प नजाला ।