☰ open Loading... 19 April 2024|  

‘एभेन्जर्स’को व्यापारः भारतमा सय करोड कट्यो, चीनमा ३ दिनमै १५ सय करोड’
  | १६ बैशाख २०७६, सोमबार ११:१४

हलिउडको बीग रिलिज ‘एभेन्जर्सः इन्ड गेम’ले विश्वव्यापी रुपमा चमत्कारिक व्यापार गरिरहेको छ । यो चलचित्रले विश्वभरबाट जुन खालको व्यापार गरिरहेको छ, यसले ‘अवतार’को व्यापारलाई जित्ने अनुमान लगाइएको छ ।

चलचित्रले भारतमा दुई दिनमै सय करोड माथिको व्यापार गरेको छ । पहिलो दिनमा ५३ करोडको व्यापार गरेको चलचित्रले शनिबार ५१ करोडको व्यापार गरेको छ । दुई दिनमै १०४ करोडको व्यापार गरेको यो हलिउड चलचित्रले ३ दिनमा १ सय ५० करोड माथिको व्यापार गर्ने पक्का छ ।

चलचित्रले चीनको बक्स अफिसमा पनि नयाँ रेकर्ड राखेको छ । यो चलचित्रले ३ दिनमै चीनको बक्स अफिसमा २१७ मिलियन डलर अर्थात १५१५ करोड(भारतीय रुपैयाँ)को व्यापार गरेको छ । चलचित्रले ३ दिनमै चीनको बक्स अफिसमा बलिउड चलचित्र ‘दंगल’ले कमाएको १३३४ करोडको व्यापारलाई तोडेको हो ।

यो चलचित्रले नेपालमा पनि बम्पर व्यापार गरिरहेको छ । ‘एभेन्जर्स’को अन्तिम सिरिजप्रति विश्वभरका दर्शकमा देखिएको उत्साह गज्जबको छ ।