☰ open Loading... 25 April 2024|  

हैदरावादलाई हराए मुम्बई प्लेअफमा
  | १९ बैशाख २०७६, बिहीबार १९:१४

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा बिहीबार लिगको तेस्रो स्थनमा रहेको मुम्बई इन्डियन्स र चौथो स्थानमा रहेको सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा हुदैछ ।

नेपाली समयअनुसार राति ८ बजेर १५ मिनेटमा आफ्नै घरेलु मैदानमा सुरु हुने खेलमा हैदरावादलाई पराजित गर्दै मुम्बई प्लेअफमा पुग्ने लक्ष्यमा रहेको छ । आजको खेलमा हैदरावादलाई पराजित गरेको खण्डमा मुम्बईले प्लेअफमा स्थान सुरक्षित गर्नेछ । यता, हैदरावाद पनि मुम्बईलाई पराजित गर्दै प्लेअफमा पुग्ने लक्ष्यलाई जारी नै राख्ने दाउँमा छ ।

यसअघि भएको पहिलो खेलमा मुम्बईले हैदरावादलाई ४० रनले पराजित गरेको थियो । मुम्बई यही नतिजालाई निरन्तरता दिने लक्ष्यमा हुदा यो नतिजा उल्ट्याउने लक्ष्यमा हैदरावाद छ ।

लिगको शीर्ष स्थानमा रहंदै पहिलो क्वालिफायरमा प्रवेश गरिसकेको चेन्नाई सुपर किंग्सको १३ खेलबाट ९ खेलमा जित र चार खेलमा हार ब्यहोर्दै १८ अंक बनाएको छ ।

त्यस्तै, लिगको दोस्रो स्थानमा रहेको दिल्ली क्यापिटल्सको १३ खेलबाट ८ खेलमा जित र पाँच खेलमा हारसहित १६ अंक बनाएको छ । १२ खेल खेलेको मुम्बईले सात खेलमा जित र पाँच खेलमा हारसहित १४ अंक बनाउँदा समान खेल खेलेको हैदरावादले ६ खेलमा जित र ६ खेलमा हारसहित १२ अंक बनाएको छ ।