☰ open Loading... 20 April 2024|  

पुरुष क्रिकेटमा पहिलो महिला अम्पायर
  | २१ बैशाख २०७६, शनिबार १७:३१

अस्ट्रेलियाकी क्लेयर पोलोसाक पुरुषको अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा पहिलो महिला अम्पायर बनेकी छिन्। उनी शनिबार भएको वल्र्ड क्रिकेट लिग डिभिजन टूअन्तर्गत नामिबिया र ओमानबीचको फाइनलमा अम्पायर थिइन्। उनी पुरुषको अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा अम्पायर बन्ने पहिलो महिला हुन्।

३१ वर्षकी पोलोसाकले क्रिकेट खेलेकी छैनन्। तर, उनी चार वर्षदेखि अम्पायर छिन्। महिलातर्फका १५ वटा एकदिवसीय क्रिकेटमा अम्पायर बनेकी उनले सन् २०१७ मा सिड्नीमा न्यू साउथ वेल्स र क्रिकेट अस्ट्रेलिया इलाभेनबीच भएको खेलमा अम्पायरको भूमिका निर्वाह गरेकी थिइन्।

पोलोसाकले पुरुषको अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेट खेलाउने पहिलो महिला अम्पायर बन्न पाएकोमा खुशी लागेको बताइन्। उनले सन् २०१६ को नोभेम्बरमा अस्ट्रेलिया र दक्षिण अफ्रिकाको महिला टोलीबीचको खेलमा अम्पायरका रूपमा डेब्यू गरेकी थिइन्।