☰ open Loading... 19 April 2024|  

इमेल लेख्दा ध्यान पुर्‍याऔं
  | २१ बैशाख २०७६, शनिबार १७:३२

  • इमेल लेख्दा कहिल्यै पनि ठूलो अक्षर (क्यापिटल लेटर)मा लेख्नुहुँदैन । ठूला अक्षर प्रयोग गर्दा कराएको वा ठुल्ठूलो स्वरले बोलेको भन्ने अर्थ लाग्छ ।
  • इमेलमा सब्जेक्टको ठाउँ कहिल्यै खाली छोड्नुहुन्न । सब्जेक्ट नलेख्दा विशेषगरी कार्यालयको काममा धेरै इमेल प्राप्त गर्ने मानिसलाई सूचना मिलाएर राख्न गाह्रो परिरहेको हुन्छ ।
  • इमेल फर्वार्ड गर्दा अरूलाई असर पर्ने/नपर्ने कुरामा ध्यान दिन जरुरी हुन्छ । प्राप्त गर्ने मानिसलाई तपाईंले जथाभावी पठाएको मेल टाउकोदुखाइसमेत बन्न सक्छ ।
  • ठुल्ठूला अट्याचमेन्ट भएका मेल पठाउनुहुँदैन । यस्ता इमेल कम भण्डारण गर्ने क्षमता भएकाहरूले प्राप्त गर्न नसक्ने र पढ्दा पनि झर्को लाग्ने हुन सक्छ ।
  • पठाउनुभन्दा पहिला एकपटक जाँच्नुपर्छ । यदि हिज्जे गल्ती भएमा अर्थको अनर्थ लाग्न सक्छ । किनकि, इमेल एकपटक पठाइसकेपछि रद्द गर्न मिल्दैन ।
  • आफूलाई प्राप्त स्पाम मेलहरूको कहिल्यै पनि रिप्लाई गर्नुहुँदैन  । रिप्लाई गर्दा पठाउने मानिसले तपाईं  स्पाम हेर्नुहुन्छ भन्ने सोच्छ । अनि, अन्य स्पाम मेलसमेत आइरहन्छन् । यसले तपाईंलाई झन्झट दिन्छ ।