☰ open Loading... 14 December 2019|   शनिबार, मंसिर २८, २०७६

काँक्रेविहार यातायातको तदर्थ समितिमा शाही

  |

सुर्खेत । काँक्रेविहार यातायात व्यवसायीको तदर्थ समिति गठन गरिएको छ । साविकको संघलाई विघटन गरेर समितिको अध्यक्षमा धनराज शाही चयन भएका हुन् ।


वीरेन्द्रनगरमा सम्पन्न संघको १२ औं साधारण सभाले तदर्थ समितिको उपाध्यक्षमा सन्तोष विष्ट, सचिव कलमबहादुर खड्का, सह–सचिव पंकज ढकाल र कोषाध्यक्षमा दिनेशप्रसाद न्यौपाने चयन भएका छन् ।

यस्तै, सदस्यहरुमा मनोजकुमार शाही, बमबहादुर शाही, पदम सिंह विक, टंकप्रसाद पाण्डे, मुक्तिनाथ बराल र धवलसिंह धामी छन् । संघको कार्यसमिति विघटन भइसकेकाले चुनावमा केही व्यक्ति सहभागी हुन नमानेपछि तदर्थ समिति गठन गरिएको हो । प्रा.लि.मा रुपान्तरण हुन समयका लागि व्यवासयीको दुई तिहाइले तदर्थ समिति चयन गरेको गरेको छ ।

 

प्रकाशित मितिः आइतवार, बैशाख २२, २०७६     6:52:41 PM
error: Content is protected !!