☰ open Loading... 22 September 2019|   आइतवार, अशोज ५, २०७६

ढिडो र गुन्द्रुकः लेकको खान्की, शहरका ब्रान्ड

  |

तिख्खर स्वादको गुन्द्रुक, नरम ढिडो र टिमुर-गोलभेडाको अचार । अथवा तपाईं यसमा लोकल कुकुराको झोल पनि समावेश गर्न सक्नुहुन्छ । थोरै साग । त्यसमाथि दही भए त गजब Û

यो हो रैथाने परिकार, ढिडो र गुन्द्रुक । लेकाली भेगको मुख्य खान्की, शहरका सौखका । कतिपय लेकाली भेगमा अझैपनि ढिडो र गुन्द्रुक खाइन्छ । पिरो, अमिलो गुन्द्रुकसँग ढिडोले बिहान-साँझको छाक टारिन्छ । गाउँघरतिर यसलाई ‘अडिलो खाना’ भनिन्छ । अर्थात एक छाक भरपेट खाएपछि दिनभरलाई पुग्ने ।

शहरमा सौखको खान्की

शहरमा चाहि ढिडो सौखिनहरुले खाने खान्की हो । कुनै दिन स्वाद फेर्नुपरेमा धेरैले आफ्नो भान्सामा ढिडो मस्काउन थाल्छन् । ढिडोको लागि कोदोको पिठो भए हुन्छ, मकैको पिठो भए हुन्छ, फापरको पिठो भए हुन्छ । अर्थात विकल्प धेरै छन् । पकाउन उत्तिकै सजिलो । सजिलो मात्र कहाँ हो र ? स्वादिलो पनि ।

त्यही कारण त शहरका नामी रेष्टुरेन्टको मेनुमा उपलब्ध छ, ढिडो र गुन्द्रुक । कतिपय त यस्ता रेष्टुरेन्ट छ, जसले मूख्य खान्कीको रुपमा ढिडो र गुन्द्रुक नै पस्कने गरेको छ । शहर एवं राजमार्गका होटल/रेष्टुरेन्टको विकाउ परिकार हो यो । रुचीकर परिकार हो । शहरमा ढिलो र गुन्द्रकमा मिसिएको छ, लोकल कुखुराको झोल । पीरो, अमिलो, नुनिलो चट्ट मिलेको झोलसँग नरम ढिडो डल्ला बनाउँदै निल्नुको स्वाद कम्ता हुन्छ ?

सीमापारी ढिडो र गुन्द्रुक

ढिडो र गुन्द्रुक शहरको छुटै ब्रान्ड हो । त्यसो त यो परिकार नेपाली समुदायले सात समुन्द्रपारी पनि पुर्‍याएका छन् । विदेशका नेपाली रेष्टुरेन्टहरुले समेत सगर्व ढिडो र गुन्द्रुक पस्किरहेका छन् । जहाँ-जहाँ नेपाली छन्, त्यहाँको चुल्होमा ढिडो र गुन्द्रुक त पाकेकै छ । अझ भनौं, ढिलो र गुन्द्रुकमा नेपालीले आफ्नोपनको स्वाद पाउँछन् । आफ्नो माटोको मिठास पाउँछन् ।

लेकाली भेगमा फापर, कोदो, मकै उत्पादन हुन्छन् । त्यस भेगका यि रैथाने उत्पदनबाट ढिडो बन्छ । जैविक खाना यसै स्वादिलो र स्वस्थ्यकर हुने भयो । त्यसमाथि पोषिलो त छँदैछ ।

अब कुरा गरौं, गुन्द्रुकको ।

गुन्दु्रक पनि हाम्रो आफ्नै रैथाने परिकार हो । रायो वा तोरीको सागलाई ओइलाएर विशेष किसिमले गलाएपछि त्यो अमिलो हुन्छ । यसलाई घाममा सुकाएर भण्डारण गरिन्छ । जति-जति बेला तरकारी अभाव हुन्छ, गुन्द्रुकको झोल पकाइन्छ । अर्थात दुःखको छाक टार्ने खान्की पनि हो, गुन्द्रुक ।

ढिडो र गुन्द्रुक आपसमा मिल्ने परिकार हुन् । त्यसलाई गोलभेडा र टिमुरको अचारले थप तिख्खर बनाउँछ ।

कति स्वस्थ्यवर्द्धक ?

ढिडो र गुन्द्रुकमा हामी आफ्नो स्वाद भेट्छौ । किनभने यो हाम्रा पूर्खाहरुले तयार गरेको थाली हो । अतः यो थाली कति सन्तुलित एवं पौष्टिक छ त ? ढिडो र गुन्द्रुक कति स्वस्थ्यवर्द्धक खान्की हो ?

पहिलो कुरा त, मकै, कोदो, फापर आदि हाम्रै खेतबारीमा उत्पादन हुने अन्न हुन् । यसकारण यो सर्वसुलभ छ, हाम्रो निम्तिी । अक्सर आफ्नै बालीनालीमा उत्पादन हुने भएकाले विषादीको प्रयोग हुँदैन । अर्थात जैविक उत्पादन भए । मकै, कोदो, फापरमा पोषकतत्व पनि पर्याप्त हुन्छ । मधुमेह, उच्च रक्तचाप, युरिक एसिड जस्ता समस्याबाट मुक्त रहनका लागि पनि यस्तो खान्की निकै उपयोगी हुने बताइन्छ ।

यसैगरी गुन्द्रुकमा ४८ प्रतिशत कार्बोहाइड्रेट, ४९ प्रतिशत प्रोटिन र ३ प्रतिशत चिल्लो पदार्थ हुने बताइन्छ ।

प्रकाशित मितिः सोमवार, बैशाख २३, २०७६     5:29:20 PM
error: Content is protected !!