☰ open Loading... 19 April 2024|  

जागरण अभियानले काँग्रेसलाई एक ढिक्का बनाउने केन्द्रिय कोषाध्यक्ष यादवको विश्वास
  | २५ बैशाख २०७६, बुधबार १७:१९

सुर्खेत । नेपाली काँग्रेसले आजदेखी देखि सुर्खेत सहित देशभर हिमाल, पहाड, तराई–मधेस काँग्रेस राष्ट्रिय जागरण अभियान सुरु गरेको छ। जागरण अभियानको आज एक कार्यक्रमका बिच पाटी कार्यलय सुर्खेतमा केन्द्रिय कोषाध्यक्ष सितादेवी यादवले उद्घाटन गर्दै अभियानको शुरुवात गर्नुभयो। उद्घाटनगर्दै कोषाध्यक्ष यादबले जागरण अभियानले काँग्रेसलाई एक ढिक्का भएर अगाडी बढ्नमा मद्दत पुर्याउने विश्वास व्यक्त गर्नुभयो।

उहाँले काँग्रेस अहिले ईतिहासमै अफ्ठ्यारो र चुनौतीपुर्ण अवस्थामा पुगेको भन्दै भावनात्मक रुपलले एक हुनुको विकल्प नभएको बताउनुभयो। कोपाध्यक्ष यादवले देशमा संबैधानिक अधिक्रमण बढ्दैगएको प्रति चिन्ता प्रकट गर्दै यसै कै विरुद्द जागरण अभियान संञ्चालन गरेको बताउनुभयो। उहाँले दुई तिहाईको दम्बले लोकतन्त्रिक पाटी काँग्रेस माथी प्रधानमन्त्रीले नै संसदमा हेपेर बोलेको भन्दै आपत्ती जनाउनुभयो। उहाँले नयाँ संरचना अनुसार तयार पारेको विधान उत्कृष्ट रहेको भन्दै कोषाध्यक्ष जस्तो पदलाई मनोनित गर्ने काम दुखद भएको टिप्पणी गर्नुभयो।

कार्यक्रममा केन्द्रिय प्रतिनिधि जिवनबहादुर शाहीले काँग्रेसका कम्जोरीहरु पत्ता लगाएर अगाडी बढ्ने समय आएको बताउनुभयो। उहाँले जागरण अभियानले काँग्रेसलाई पुनर्ताजकिय बनाउ मद्द्त पुर्याउने भन्दै काँग्रेसले गरेका राम्रा कार्यहरु जनतासम्म पुर्याउन नेता तथा कार्यकर्तलाई आग्रह गर्नुभयो। कार्यक्रममा केन्द्रिय महिला प्रतिनिधि भावना शाहीले बर्तमान सरकार जनताको हित विपरित चल्न नसकेको भन्दै यसका विरुद्द् आफुहरुले जागरण अभियान संञ्चालन गरेको बताउनुभयो। उहाँले देशमा दन्डहिन्ता, भ्रष्ट्रचार, महिला हिसाँ मौलाउदै गएको भन्दै सरकार टुलुटुलु हेरेर बसेको आरोप लगाउनुभयो।

कार्यक्रममा क्षेत्रिय सभापती नारायण कोईलाले वर्तमान सरकारले कान्डै कान्ड निम्ताएको आरोप लागाउनुभयो। उहाँले संसदिय व्यवस्था विपरित सरकार अगाडी बढेको भन्दै यसका विरुद्द् जागरण अभियान थालिएको उल्लेख गर्नुभयो। कार्यक्रम काँग्रेस सुर्खेका सभापति कमलराज रेग्मीको सभापतित्वमा सम्पन्न भएको हो। यसैबीच नेपाली काँग्रेसका केन्द्रिय सदस्य ह्रदयराम थानीले काँग्रेसलाई शसक्त बनाउन सबै एकजुट भएर लाग्नुपर्नेमा जोडदिनुभएको छ। दैलेखमा भएको जागरण अभियानको उद्घाटन गर्दै नेता थानीले विगतका तिक्ता हटाएर अगाडी बढ्ने समय आएको उल्लेख गर्नुभयो।

केन्द्रिय प्रतिनिधि समेत रहनुभएका थानीले अहिलेको राजनिति काँग्रेसकै वरिपरी घुमिरहेको टिप्पणी गर्नुभयो। नेता थानीले दुई तिहाईको सरकारको गतिविधि विरुद्द् आन्दोलनका लागी तयारी रहन नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो। कार्यक्रममा पुर्व राज्यमन्त्री गणेश बहादुर खड्का, पुर्व साँसद रंगबहादुर शाही,पुर्वपाटी सभापती जंगबहादुर थापाले संगठन विस्तारमा लाग्न नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो। कार्यक्रम जिल्ला सभापति कृष्ण विसीको सभापतित्वमा समपन्न भएको हो।