☰ open Loading... 18 April 2024|  

यस्तो छ पाैडेल निर्देशित गीत “बालखैैैमा दिल बस्याे”
  | २५ बैशाख २०७६, बुधबार २०:२२

सुर्खेत । सुर्खेतका युवा निर्मल पौडेलद्धारा निर्देशित म्युजिक भिडियो ‘बालखैमा दिल बस्यो’ को चर्चा चुँलिदो छ । ओसर युट्युब च्यानलमार्फत केही दिन पहिले सार्वजनिक भएको  भिडियोले दर्शकको मन जितेको हो ।

निर्देशक पौडेलले कर्मसञ्चारसँगको कुराकानीमा म्युजिक भिडियो सार्वजनिक भएको छोटो अवधिमै दर्शकहरुको सकारात्मक प्रतिक्रियाले आफू निकै उत्साहित भएको बताए । जनचेतनाका साथै मनोरञ्जन दिने उद्देश्यले तयार पारिएको गीतका शब्द दीपक शर्माले रचना गरेका हुन् । विद्यालय उमेरमै विवाह गर्दा कानुनी झमेलामा परिने हुँदा उमेर पुगेर मात्रै विवाह गर्नुपर्ने सन्देशसहित किशोर अवस्थाको प्रेम, आकर्षणलगायतलाई गीतमा दर्शाइएको छ ।

आधुनिक लोक शैलीको संगीतमा निर्माण गरिएको उक्त गीतमा बाल कलाकार रुपेश चन्दले स्वर दिएका छन् । चन्द `दैलेख आईडल´ प्रतियोगिताका विजेतासमेत हुन् ।

म्युजिक भिडियो कर्णाली प्रदेशका विभिन्न पर्यटकीय एवं धार्मिक स्थलहरुमा छायाँकन गरिएको छ । बाल कलाकारहरुकै अभिनय रहेको भिडियोको कोरियोग्राफी हेमन्त भूषाल र छायाँकन अमृत केसीले गरेका हुन् ।

यो भिडियोको सफलतासँगै चलचित्रसम्बन्धी उच्च शिक्षा लिइरहेका निर्देशक पौडेलले आगामी दिनमा दर्शक समक्ष थप मेहनत र क्रियशनसहितको भिडियो ल्याउने उर्जा प्राप्त भएको बताएका छन् ।

हेर्नुहोस् पौडेल निर्देशित म्युजिक भिडियो यस्तो छ ।