☰ open Loading... 19 April 2024|  

विश्वकपको चार कीर्तिमान, जुन तोड्न निकै कठिन
  | ३० बैशाख २०७६, सोमबार १८:२३

एजेन्सी । विश्व क्रिकेटको कुम्भमेला आईसीसी एकदिवसीय विश्वकप क्रिकेट यसै महिना आयोजना हुँदैछ । आगामी मे ३० बाट सुरु हुने विश्वकप इंग्ल्यान्ड र वेल्समा हुनेछ । जसमा विभिन्न १० राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् ।

विश्वकपको मिति नजिक आईरहेको बेला अघिल्ला विश्वकपमा बनेका कीर्तिमानको पनि प्रसङ्ग उठ्न थालेको छ । र, हरेक विश्वकपमा अनेक किसिमका कीर्तिमानहरु बन्दै आईरहेको छ । यस पटकको विश्वकपमा पनि धेरै कीर्तिमान बन्ने आशा गरिएको छ ।

विश्वकप नजिकिदै गर्दा चार कीर्तिमानको वर्णन गरेका छौं । जुन कीर्तिमान तोड्न निकै कठिन हुनेछ  ।

१. ३४ खेलको अपराजित यात्रा

सन् १९९९ देखि २०११ सम्म अष्ट्रेलियाले विश्वकपमा एक छत्र राज गरेको थियो । उसले घरेलु तथा विदेशी भूमिमा कुनै राष्ट्रसंग घुंडा टेकेन् । विश्वकपको ४ सहभागितामा लगातार ३ पटक उपाधि उचाल्दा अष्ट्रेलिया ३४ खेलमा अपराजित रहेको थियो । जसमा अष्ट्रेलियाले ३२ खेलमा जित हात पार्दा १ बराबरी खेलेको थियो । १ खेल नतिजाविहीन टुङ्गिएको थियो ।

सन् १९९९ देखि सुरु भएको अष्ट्रेलियाको अपराजित यात्रा सन् २०११ विश्वकपको समूह चरणमा पाकिस्तानविरुद्ध पराजित हुँदा टुङ्गिएको थियो ।

२. सर्वाधिक अर्धशतक र रन

भारतका पुर्व खेलाडी सचिन तेन्दुलकर विश्वकप इतिहासमा सर्वाधिक रन बनाउने खेलाडी हुन् । सचिनले ४४ इनिङसमा २ हजार २ सय ७८ रन बनाएका छन् । विश्वकपमा ५६ दशमलब ९५ को औषत रहेको तेन्दुलकरले ६ शतक प्रहार गरेका छन् भने १५ अर्धशतक प्रहार गरेका छन् ।

तेन्दुलकर नजिक रहेका खेलाडी हुन् न्युजिल्याण्डका मार्टिन गुप्टिल  । उनले ८ सय ९ रन बनाएका छन् । हाल क्रिकेट खेलिरहेका खेलाडी मध्ये कोहि पनि यसको नजिक पुगेको सकेका छैनन् । त्यसैले सचिनको रेकर्ड आगामी संस्करणसम्म पनि तोडिने अवस्था रहेको छैन ।

३. ५० र ६० ओभरको विश्वकप विजेता

सन् १९८९ मा भारतले वेष्ट इण्डिजलाई पराजित गर्दै पहिलो पटक विश्वकप उचाल्दा प्रतियोगिता ६० ओभरको भएको थियो । ६० ओभरको विश्वकप त्यो नै अन्तिम भएको थियो ।

सन् १९८७ देखि विश्वकपको खेलहरु ५० ओभरमा हुँदै आएको छ । दुई पटकको विश्वकप विजेता भारतले सन् २०११ मा उपाधि दोस्रो पटक हात पार्दा दुवै फर्म्याटमा प्रतियोगिताको जित्ने एकल राष्ट्र बनेको हो । दोस्रो पटक विश्वकप जित्दा आयोजक राष्ट्रले उपाधि उचालेको पहिलो पटक हो ।

४. चार बलमा चार विकेट

श्रीलंकाका फास्ट बलर लासित मालिंगालाई असाधारण बलिङका कारण डेथ ओभरको विशेषज्ञको रुपमा हेरिंदै आएको छ ।

सन् २००७ को विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध मालिंगाले ४ बलमा ४ विकेट हात पार्दै अनौठो कीर्तिमान बनाएका थिए । निकै रोमाञ्चक खेलको ४५ औं ओभरको अन्तिम २ बलमा र ४७ औं ओभरको पहिलो २ बलमा उनले लगातार विकेट हात पारेका थिए ।  हालसम्म उनको त्यो रेकर्ड कसैले तोड्न सकेको छैन ।