☰ open Loading... 18 April 2024|  

रोनाल्डो हिँडेपछि रियल मड्रिडको दुर्दशा : २१औं शताब्दीकै ‘खराब’ सिजन !
  | ३१ बैशाख २०७६, मंगलवार १६:४५

आफ्ना सर्वाधिक सफल र कीर्तिमानी खेलाडी क्रिस्टियानो रोनाल्डो गत सिजनको अन्त्यसँगै रियल मड्रिड छाडेर इटालियन युभेन्टस जाँदा धेरैलाई लागेको थियो– अब रियललाई कठिन पर्नेवाला छ ।
तर, उनीहरूलाई यो लागेको थिएन कि– रोनाल्डोबिना रियल २१औं शताब्दीकै सबैभन्दा खराब मोडमा पुग्छ । तर, यो सिजनको तथ्य र नतिजाले भन्छ– रियल सन् १९९८÷९९ सिजन यता सबैभन्दा खराब समयमा आइपुगेको छ ।
जारी सिजन रियलमा रोनाल्डोको आवश्यकता अभाव टार्ने गोलकर्ता खेलाडी नहुँदा उसले पछिल्ला २० वर्षमा सबैभन्दा खराब सिजन बिताइरहेको छ । उपाधिका हिसाबले हेर्दा रियल यो सिजन ठूला उपाधिमा ‘नील’ नै भयो, शिवाय क्लब विश्वकप फुटबल ।
रियल औपचारिक रूपमा यो सिजन घरेलु लिग ला लिगा, युरोपियन च्याम्पियन्स लिग र कोपा डेल रे फुटबलबाट आउट भइसकेको छ । त्यसअघि उसले मध्यसिजनमा क्लब विश्वकप जितेको थियो ।
<p>यो दौरान रियलमा पोर्चुगिज फरवार्ड रोनाल्डोको चर्को अभाव देखियो । सन् २००९ देखि २०१८ सम्म गरी ९ वर्ष बेर्नाबउमा बिताएका रोनाल्डोले त्यस दौरान क्लबका लागि ४३८ खेलबाट कूल ४५० गोल गरेका थिए । उनी क्लबका सर्वाधिक गोलकर्ता खेलाडी हुन् ।
रियलले पछिल्ला पाँच सिजनमा चार सिजन युरोपियन च्याम्पियन्स लिग जित्दा रोनाल्डो हरेक सिजन नायक बनेका थिए । तर, गत सिजन उनलाई रियलले बिक्री गरेपछि रियलको दुर्दशा सुरु भयो ।
यो सिजन मात्रै रियलले ३ जना प्रशिक्षक प्रयोग गर्यो । गत सिनजको अन्त्यसँगै जिनेदिन जिदानले छाडेपछि रियलले जुलेन लोपेटेगुईलाई प्रमुख प्रशिक्षक बनाए पनि बीचमा उनलाई बर्खास्त गरेर सान्टियागो सोलारीलाई टोलीको कमान्ड जिम्मा दियो । तर, सोलारीको पालामा पनि रियलका दिन सुध्रिएनन् ।
र, रियलले गत सिजनको अन्त्यसँगै रियल छाडेका जिनेदिन जिदानलाई पुनः प्रशिक्षक बनाएर फर्कायो । तैपनि, रियलको अवस्था सुध्रिएन । गत राति पनि रियल ला लिगामा ३७औं खेलमा अवे मैदानमा रियल सोसिडाडसँग १–३ ले स्तब्ध बन्यो ।
गत रातिको हारसँग रियल लिगमा लिग च्याम्पियन बार्सिलोनाभन्दा १८ अंकले पछि परेको छ, जुन २१औं शताब्दीकै सबैभन्दा खराब अवस्था हो । यो सिजन रियलले सबैखाले प्रतियोगिता गरेर कूल १७ खेल हारेको छ, जुन सन् १९९८ यताको सबैभन्दा खराब सिजन हो ।
रेकर्ड यस्तो छ कि, रियलले गत मार्च १० देखि कुनै पनि अवे खेल जित्न सकेको छैन । यो सिजन रियलले ला लिगामा ४४ गोल खाएको छ भने आफूले ६८ गोल मात्रै गरेको छ । ऊसँग मात्रै १९ प्लस गोल छ ।
जबकि, गएको सिजन सकिँदा रियल च्याम्पियन बार्सिलोनभन्दा १७ अंकले पछि थियो । सो सिजन उसले आफूले ४४ नै गोल खाएको थियो तर विपक्षी टिमविरुद्ध कूल ९४ गोल गरेको थियो । जुन यो सिजनको भन्दा ३१ गोलले बढी हो । अर्थात्, यो सजन अन्तिम एक खेल बाँकी छँदा रियल गत सिजनको भन्दा ३१ गोलले पछि छ ।
रियलले अब अर्को साता लिगको अन्तिम खेल रियल बेटिससँग आफ्नो घरमा खेल्दैछ । यदि सो खेल पनि हारे उसले यो सिजन सबैखाले खेल गरेर कूल १८ खेल हार्नेछ ।
<p>जारी सिजन रियलले ३७ खेल खेलिसक्दा २१ खेल मात्रै जितेको छ । उसले ५ खेल बराबरी गरेको छ भने ११ खेल हारेको छ । ऊ ६८ अंकसहित तेस्रो स्थानमा छ । यो सिजन उसले आफूले ४४ गोल खाँदा विपक्षीको पोस्टमा ६३ गोल मात्रै गरेको छ ।