☰ open Loading... 20 April 2024|  

आलिया–रणवीरको होलिडेमा बिहेको चर्चा
  | ३ जेष्ठ २०७६, शुक्रबार १८:४४

नायिका आलिया भट्ट र नायक रणवीर कपुर प्रेम सम्बन्धमा छन् । उनीहरुको प्रेम चर्चा मिडियाका लागि पनि मसला बन्ने गरेको छ । हालै मात्र रणवीर र आलिया होलिडे टुरका लागि भारत बाहिर पुगेका थिए । उनीहरु होलिडेका लागि उडेसँगै भारतीय मिडियामा भने थुप्रै खालका चर्चा चले ।

कतिपयले उनीहरु बिहेका लागि उपयुक्त स्थान खोज्नका लागि उडेको चर्चा समेत गरे । तर, नायिका भट्टले भारत फर्किएसँगै यसको जवाफ दिएकी छिन् । आलियाले भनेकी छिन्–‘जे पनि । यो खराब शैली हो । हामी होलिडे मात्र मनाउन गएका थियौ । मानिसहरु जे चाहन्छन् त्यही नै भन्छन् ।’

आलिया र रणवीरको अहिले नै बिहे गर्ने कुनै योजना नभएको भारतीय मिडियाले उल्लेख गरेका छन् । बलिउडमा प्रेम जोडीले एकपछि अर्को बिहे गरेपछि आलिया र रणवीरले पनि बिहे गर्न लागेको खबर सार्वजनिक भैरहेको छ । तर, होलिडे मात्र मनाउन गएको कुरालाई नचाहिदो हल्ला गरिएको भन्दै आलिया आक्रोशित बनेकी छिन् ।