☰ open Loading... 23 August 2019|   शुक्रबार, भदौ ६, २०७६

नगरपालिकामै कुटिए वडाअध्यक्ष

  |

दैलेख, चामुण्डाविन्द्रासैनी नगरपालिकाको कार्यालयभित्रै वडाअध्यक्ष कुटिएका छन् । चामुण्डाविन्द्रासैनी नगरपालिका ५ नम्वर वडाका वडाअध्यक्ष नारायणप्रसार रेग्मीलाई नगरपालिकाभित्रै कुटपित गरिएको हो ।
कार्यपालिकाको बैठकमा सहभागी हुन शुक्रवार पुगेका वडाअध्यक्ष रेग्मीलाई देउती आधारभुत प्राथमिक विद्यालयका शिक्षक जगतबहादुर शाहीले गालीगल्लोज गर्दै आक्रमण गरेका हुन् । आक्रमणबाट वडाअध्यक्ष रेग्मी कपडा च्यातिएको छ भने, शरिरमा सामान्य चोट लाग्नुका साथै निलडाम देखीएको छ । शिक्षकले आक्रमण गरेपछि नगरपालिकाका सुब्वा लोकेश शाहीले छुट्याएका थिए । प्रमुख प्रशासकिय अधिकृतको कक्षमा पुगका वडाअध्यक्षलाई फेरी आक्रमण गर्न थालेपछि नगरपालिकाबाट प्रहरी चौकीतिर भागेका थिए । प्रहरी चौकी पुगेपछि आक्रमण रोकिएको पिडित वडाअध्यक्ष रेग्मीले बताए । ‘प्रहरी चौकी तर्फ मागेर जाँदै गर्दा बाटोमै फेरी आक्रमण भयो ।’ वडाअध्यक्ष रेग्मीले भने, नगरपालिका र बाटोमा दुई पटक आक्रमण भयो । असुरक्षित भएपछि घरपरिवार, आफन्तलाई बोलाएर घर फर्किए ।’
देउती आधारभुत विद्यालय वनाडाका प्रावि स्थायी शिक्षक शाहीले विद्यालयमा आर्थिक हिनामिनाको आरोप लागेको थियो । ३ वर्षदेखी लेखापरिक्षयण नगरेको, विलभरपाई नक्कली पेश गरेको आरोप लागेको थियो । लेखा समितिको बैठकले बेरोजी ननिकाल्नका लागि समितिका अध्यक्ष सिता जैसी, वडाअध्यक्ष रेग्मीलाई धम्की दिदैं आएका थिए । आफुलाई प्रधानाध्यापकबाट हटाउने निर्णय गरेको भन्दै शिक्षक शाहीले आक्रमणगरि कुटपिट गरेको वडाअध्यक्ष रेग्मीले बताए । ‘सार्वजनिक स्थल नगरपालिकामै मलाई आक्रमण भयो ।’ वडाअध्यक्ष रेग्मीले भने, म नै कानुनी उपचारमा नजाने हो भने अरुको हालत के होला । त्यसैले कानुनी उपचारका लागि म शनिवार दैलेख सदरमुकाम जाँदैछु । नगरपालिकाको कार्यपालिका बैठकबाट आक्रमणको दुःख ब्यक्त गर्ने निर्णय गरिएको छ ।’
विद्यालय ब्यवस्थापन समिति, अभिभावक भेलाले विभिन्न अनियमितता गरेको आरोपहरु सहित चैत्र १५ गते प्रधानाध्यापक पदबाट हटाउने निर्णय गरेका थिए । विद्यालय ब्यवस्थापन समितिले पत्र पठाएको डेढ महिना नाघिसक्दा पनि जिल्ला शिक्षा समन्वय ईकाइले राजनिति आस्थाकै कारण प्रधानाध्यापक परिवर्तन गर्नका लागि पत्राचार नगरेको विद्यालय ब्यवस्थापन समितिले जनाएको छ । ‘२ लाख जति अनियमितता गरेको आंशका गरिएको छ ।’ विद्यालय ब्यवस्थापन समितिका एक सदस्यले भने, सवै आरोप खण्डन गर्नका लागि भनेपनि प्रअ शाहीले सुनुवाई नगरेपछि प्रअबाट हटाईएको हो ।’

प्रकाशित मितिः आइतवार, जेष्ठ ५, २०७६     11:00:11 AM
error: Content is protected !!