☰ open Loading... 18 April 2024|  

चीनले अनुमति नदिँदा फर्किए मानसरोवर तीर्थयात्री
  | ९ जेष्ठ २०७६, बिहीबार १८:३५

चीनले अनुमति नदिएपछि हुम्लाबाट मानसरोवर कैलाशका लागि गएका तीर्थयात्री फर्किएका छन् । बुधबार सिमकोट पुगेका २० भारतीय तीर्थयात्री फिर्ता भएका हुन् ।

उनीहरू सन्नी ट्रेकमार्फत मानसरोवर कैलाश यात्राका लागि मुम्बईबाट हुम्ला पुगेका  थिए । चीनले मानसरोवरका लागि अनुमति नदिएपछि उनीहरू नेपालगन्ज फर्किएको सन्नी भ्याली रिसोर्ट, हुम्लाका म्यानेजर निमा लामाले बताए ।

उनका अनुसार मानसरोवर यात्राका लागि ७५ जना आएका थिए । अनुमतिका लागि सबैका सबैको कागजपत्र चिनियाँ दूतावास पठाएको थियो । उनीहरूमध्ये ५५ जनाले अनुमति पाएका हुन् । आफूलाई केही थाहा नभएको र काठमाडौं गएर ट्राभल एजेन्टसँग कुराकानी गर्ने अनुमति नपाएका रेशम तलबारले बताए । ‘भिसा नदिने कुरा पहिल्यै थाहा दिएको भए दुःख गरेर सिमकोट आउने थिएनौँ,’ उनले भने ।

मानसरोवर यात्रा सुरु भएसँगै यात्रीको चाप बढेको छ । बुधबारसम्म सिमकोट भएर ६ सय ९२ यात्रु मानसरोवर यात्रामा निस्केका छन् । यात्रुको चाप बढेसँगै सिमकोटका लागि सिम्रिक, सुमिटले दुई÷दुई र माउन्टेन एयरले एक उडान भर्दै आएका छन् ।

नयाँपत्रिकाबाट