☰ open Loading... 22 September 2019|   आइतवार, अशोज ५, २०७६

औद्योगिक ग्राम प्रदेश सरकारलाई हस्तान्तरण

  |

वीरेन्द्रनगरमा स्थापना गरिएको लघु औद्योगिक ग्राम प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । बिहीबार एक कार्यक्रमबीच उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले कर्णालीका उद्योग, वन, वातावरण तथा पर्यटनमन्त्री नन्दसिंह बुढालाई औद्योगिक ग्राम हस्तान्तरण गरे ।

मन्त्री यादवले औद्योगिक क्षेत्रका लागि आवश्यक थप जमिनको व्यवस्था गर्न प्रदेश सरकारलाई आग्रह गरे । त्यसपछि लगानी भित्र्याउनका  लागि पहल गर्ने उनको भनाइ थियो ।

कार्यक्रममा कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशको समृद्धिका लागि औद्योगिक विकास गर्न योजना बनाएको बताए । औद्योगिक ग्रामले कर्णालीको औद्योगिक विकासमा टेवा पु-याउने प्रदेशका उद्योग, वन, वातावरण तथा पर्यटनमन्त्री बुढाले बताए ।

नयाँपत्रिका

प्रकाशित मितिः शुक्रबार, जेष्ठ १०, २०७६     2:42:19 PM
error: Content is protected !!