☰ open Loading... 20 November 2019|   बुधबार, मंसिर ४, २०७६

सामाजिक उत्तरदायित्वमा एनएमवी बैंक

  |

दैलेख, एनएमवी बैंकद्धारा सामाजिक उत्तरदायित्व अन्र्तगत काम सुर्खेतको सिद्ध बहिरा बालकको स्कुल विरेन्द्रनगर नगर पालिका – ८ खजुरामा गरेको छ । बैंकले शौचालय मर्मत गरेको छ । जिर्ण रहेको प्रयोगविहिन छात्रछात्रा शौचालय, शिक्षक शौचालय, बाथरुम मर्मत गरेको हो ।


टायलदेखी झाल ढोकासम्म खर्चिएर चिटिक्क बनाईएको छ । त्यस्तै जिर्ण रहेको चिप्लोटी खेल्ने पलाप्ट पनि मर्मत गरिएको छ । शुद्ध खानेपानीका लागि वाटरगार्ड राखीएको एनएमवी बैंक सुर्खेत शाखाका प्रर्वधक मित्रराज प्याकुरेलले बताए । शौचालय प्रयोग विहिन भएको थाहा पाएपछि एनएमवी बैकले ४ लाख ५० हजारमा मर्मतसम्भार गरेको हो । आवश्यकता अनुसार बैंकले सामाजिक उत्तरदायित्व अन्र्तगत सहयोगीका रुपमा काम गरेको एनएमवी बैंकका कर्णाली प्रदेशका प्रमुख उज्वल रिजालले बताए । धेरै वर्षदेखी जिर्ण शौचालय लगायतका पूर्वाधारहरुमा बैंकले सहयोग गरेपछि चिटिक्क बनेको विद्यालयका प्रधानाध्यापक चन्द्रबहादुर कार्कीले बताए । बैंकले आफ्नो कार्यक्षेत्रमा सामाजिक कामहरु गरेर निकै राम्रो गरेको विरेन्द्रनगर नगरपालिका ८ का वडाअध्यक्ष थमप्रसाद गौतमले बताए ।

प्रकाशित मितिः शुक्रबार, जेष्ठ १०, २०७६     4:05:02 PM
error: Content is protected !!