☰ open Loading... 19 April 2024|  

सुर्खेतमा यात्रु झारेर बसमा अागजनी
  | १३ जेष्ठ २०७६, सोमबार १०:३८

सुर्खेत । हतियारसहित आएका विप्लव कार्यकर्ताले सुर्खेतमा बस जलाए सुशील खड्का सुर्खेत, १३ जेठ । विप्लव समूहले पूर्वीसुर्खेतमा एक यात्रुवाहक बसमा आगजनी गरेका छन्। गुर्भाकोट नगरपालिका–१४ को गुमीबाट छिन्चु आउँदै गरेको ना२ख ७४४४ नम्बरको बसलाई विप्लवका कार्यकर्ताले आज बिहान गोचेखोलामा आगजनी गरेका हुन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार हतियारसहित आएका विप्लवका कार्यकर्ताले चालक, सहचालक र बसधनीलाई झारेर पेट्रोल छर्केर आगजनी गरेका थिए। आगजनीबाट बस पूर्णरुपमा क्षति भएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभयो । बस जेलेको ठाउँ नजिकै शङ्कास्पद वस्तु फेला परेको छ।

तस्वीर साैजन्य इन्द्र थापा