☰ open Loading... 24 October 2019|   बिहिबार, कार्तिक ७, २०७६

विप्लव माओवादीद्वारा गोली प्रहार गरेर मोटरसाईकलमा आगजनी

  |

सुर्खेत । सुर्खेतमा नेत्रविक्रम चन्द विप्लव माओवादीले गोली चलाएर मोटरसाईकलमा आगजनी गरेका छन् । भेरीगंगा नगरपालिकाको छिन्चुबाट ढुंगीखोला जाँदै गरेको भे ८ प १८९६ नम्बरको मोटरसाईकलमा विप्लवका कार्यकताले आगजनी गरेका हुन् ।

याे पनि पढ्नुहाेस् : सुर्खेतमा यात्रु झारेर बसमा अागजनी

६ जनाको समुहमा रहेका विप्लवका कार्यकर्ताले आफूलाई झारेर मोटरसाईकलको ट्यांकीमा गोली हानेको सवारीधनी टिकाराम मिजारले जानकारी दिनुभयो ।

उहाँकाअनुसार मोटरसाईकल पूर्ण रूपमा क्षति भएको छ । विप्लवका कार्यकर्ताले मिजारले मोबाइलको सीम समेत लगेका छन् । विप्लवले सोमबार बिहान पूर्वी सुर्खेतको गोचेखोलामा बसमा समेत आगजनी गरेको थियो ।

प्रकाशित मितिः सोमवार, जेष्ठ १३, २०७६     4:38:10 PM
error: Content is protected !!