☰ open Loading... 17 September 2019|   मङ्लबार, भदौ ३१, २०७६

डोल्पाका यार्सापाटन खुला

  |

हिमाली जिल्ला डोल्पाका यार्सागुम्बा पाटनहरु सोमबारदेखि खुला गरिएको छ ।

जिल्लास्थित सरोकारवाला निकायसहितको सर्बपक्षिय निर्णय अनुसार सोमबार भोक्पा, भाङ्का, कुनास, सागबारीलगायतका सत्तरी भन्दा धेरै यार्सापाटनहरु औपचारिक रुपमा खुलिसकेको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका निमित्त संरक्षण अधिकृत प्रमोद कुमार यादबले जानकारी दिए ।

निकुञ्ज क्षेत्रभित्र पर्ने धोमा रहेका विभिन्न यार्सागुम्बा पाटनहरुमा हिँउ जमेकाले स्थानीय र यार्सा संकलकसँग सल्लाह गरेर मंगलबार मात्रै पाटन खुलाइने निर्णय गरिएको छ ।

निकुञ्ज क्षेत्रभित्रका यार्सापाटनहरु औपचारिक रुपमा खुलेसँगै सर्वसाधारणहरु यार्सागुम्बाको खोजीमा जटेका छन् । यार्सागुम्बा खोजीकोलागि पाटन पुगेका सर्वसाधारणहरु हिँउ बिलाएको ठाउँखोज्दै यार्साको खोज्न थालेका छन् ।

निकुञ्ज क्षेत्रभित्र पर्ने अधिकाशं यार्सापाटन खुलेपनि सामुदायिक बन क्षेत्रभित्र पाटनहरु केही पाटनहरु खुलेका छैनन् । यार्सापाटन खुलाउन आन्तरिक व्यवस्थापनमा समयलाग्ने भन्दै केही दिनभित्रै पाटनहरु खुलाइने सामुदायिक वनले जनाएको छ ।

प्रकाशित मितिः सोमवार, जेष्ठ १३, २०७६     7:48:35 PM
error: Content is protected !!