☰ open Loading... 18 April 2024|  

कुपिन्डेमा उद्धारको नमुना प्रदर्शनी
  | १३ जेष्ठ २०७६, सोमबार १९:५३

सल्यान, सय नयाँ पर्यटकीय गन्तव्यमा सूचीकृत सल्यानको बन्गाड कुपिन्डे नगरपालिकास्थित कुपिन्डे तालमा उद्धारको नमुना प्रदर्शनी गरिएको छ ।  कुपिन्डे तालमा घुम्न आउने पर्यटकको संख्या बढ्दै गएका छन् । तालमा डुबेर दुर्घटना हुन सक्ने भएकाले उद्धारका लागि तयारी गरिएको छ ।

कुपिन्डे तालमा डुंगा दुर्घटना भएमा स्थानीय स्रोत–साधनको प्रयोग गरेर तत्काल कसरी सकुशल उद्धार गर्न सकिन्छ भन्नेबारे नमुना प्रर्दशनी गरिएको सल्यान सशस्त्र प्रहरी कार्यालयका प्रमुख विमल डाँगीले बताए । डुंगाचालक र स्थानीय बासिन्दालाई उद्धारबारे जानकारीसमेत दिइएको छ ।

त्यस्तै, आगलागीका घटना न्यूनीकरण गर्न जानकारी दिने उद्देश्यले नमुना प्रदर्शनी गरिएको छ । कुपिन्डे तालको छेउमा कृतिम घर बनाई आगोबाट हुने क्षतिबारे जानकारी गराइएको छ ।

नयाँपत्रिका