☰ open Loading... 19 April 2024|  

दुल्लु अस्पतालबाट विशेषज्ञ सेवा
  | १६ जेष्ठ २०७६, बिहीबार १२:१७

दैलेख, दुल्लु अस्पताल दैलेखबाट विशेषज्ञ सेवा दिईने भएको छ । दुल्लु अस्पतालमा २ वटा अप्टीकल किट जडान गरिएसंगै विशेषज्ञ डाक्टरहरुबाट सेवा पाउने भएका हुन् । विशेषज्ञ डाक्टर नपुग्ने ग्रामीणक अस्पतालमा अप्टीकल किटको माध्यमद्धारा गुणस्तरिय सेवा दिईएको हो ।


धुलीखेल अस्पतालमा १ वटा अप्टीकल किट जडान भएको छ । धुलीखेल अस्पतालमा जडान भएकोले त्यहाँबाट विशेषज्ञ सेवा अप्टीकल किट मार्फत विस्तार भएको हो । दुल्लु अस्पतालमा आउने विरामीले धुलीखेल अस्पतालमा हुने विषेशज्ञ डाक्टरद्धारा गुणस्तरिय सेवा अवदेखी दुल्लुमै पाउने छन् । सुचना तथा सञ्चार प्रविधी मन्त्रालय र दुल्लू नगरपालिकाको आयोजनामा दुल्लुमा अस्पतालमा अप्टीकल किट जडान गरिएको हो ।
नेपालमै पहिलो पटक १२ किलोमिटर अप्टीकल फाइवर दुल्लू नगरपालिकामा जडान गरिएको छ । अप्टीकल जडानसंगै ग्रामीण भेगका जनताको सुचना प्रविधीमा विकास हुने विश्वास लिईएको दुल्लु नगरपालिकाका नगर प्रमुख घनश्याम भण्डारीले बताए । प्रभावकारी व्रोडव्याण्ड संरचनाको माध्यामले सुचना प्रविधीको विकास कार्यक्रम आइसिडी फोरडी र केडीडीआई फाउन्डेसनले दुल्लु नगरपालिकालाई अप्टीकल फाईवर जडानमा प्रयोग भएको सामग्री हस्तान्तरण गरेको छ । अप्टीकल जडानले यहाँको स्वास्थ्य र शिक्षा क्षेत्रमा सघाउन पुराउने जनाइएको छ । नगरपालिकाको मातहतमा रहने गरेर आफ्नै नेटवर्क कम्पनीको निर्माण गरेर सुचना प्रविधीको विकासमा टेवा ठुलो सफलता पुगेको नगर प्रमुख भण्डारीले बताए । अव, दुल्लु नगरपालिकाको नगरपालिकाको आफ्नै अनलाईन नेटवर्क हुनेछ । जसले स्वास्थ्य, शिक्षा र वडा कार्यालयहरुलाई प्रत्यक्ष निगरानी राख्ने छ । पहिलो चरणमा दुल्लु नगरपालिकाको कार्यालय, दुल्लु अस्पताल, नगरपालिकाका १३ वटै वडामा र केही विद्यालयमा अप्टीकल जडान गरिएको छ । वडामै बसेर भए पनि नगरपालिकाको बैठकका विषयमा जानकारी लिन सकिने नगरपालिकाले जनाएको छ । अहिले दुल्लुमा केवल पुगेको ठाउँमा केवलमार्फत र नपुगेको ठाउँमा वाइरलेस मार्फत अप्टीकल फाइवरको सेवा प्रदान गरेको छ । छिटो छरितो इन्टरनेट सेवा लिन सकिने र केही सार्वजनिक ठाउँमा फ्री नेट सेवा दिने तयारी दुल्लु नगरपालिकाले गरेको छ । ‘अहिले केही महत्वपूर्ण कार्यालयका साथै वडाभरी अप्टीकल फाइवर पुगीसकेको छ ।’ नगर प्रमुख भण्डारीले भने, केही महिनाभित्रै सार्वजनिक स्थलमा फ्रि वाईफाई जोन गराउने र नगरभरी ईन्टरनेट सुविधा सवैको पहुँचका लागि हुने छ ।’