☰ open Loading... 16 April 2024|  

मांग्री गाउँमा नमुना सिँचाइ कुलो निर्माण
  | १७ जेष्ठ २०७६, शुक्रबार १७:५६

मुगुम कार्मारोङ गाउँपालिका–८ मांग्रीमा नमुना बहुउद्देशीय सिँचाइ कुलोको निर्माण गरिएको छ । नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रमको ३५ लाख र गाउँपालिकाको २० लाख गरी ५५ लाखमा कुलो निर्माण गरिएको हो । यसबाट मांग्रीका एक सय ८० परिवार लाभान्वित भएका छन् । तीन किलोमिटर टाढाको फाक्चिङ खोलाबाट गाउँमा पानी ल्याइएको हो ।

कुलोबाट गाउँको बाँझो जमिनमा सिँचाइ गर्न सजिलो हुने स्थानीय बासिन्दाले बताएका छन् । यसैबाट गाउँनजिकै पानी घट्टसमेत चलाउने योजना रहेको नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रमका जिल्ला संयोजक रामशोभा मण्डलले बताए ।