☰ open Loading... 22 September 2019|   आइतवार, अशोज ५, २०७६

स्थानीयका समस्या बुझ्दै जनप्रतिनिधि

  |

कालिकोट : जिल्लाको रास्कोट नगरपालिका स्थानीय जनप्रतिनिधि जनताका समस्या बुझ्न गाउँ गाउँमा पस्न थालेका छन्। आगामी आर्थिक वर्षको बजेट विनियोजन गर्न लागेको नगरपालिकाले जनप्रतिनिधिहरू जनताका समस्या र योजना बुझ्नका गाउँ गाउँमा पस्न थालेका हुन्।  नगर प्रमुख काशीचन्द्र बराल,उपप्रमुख मिमसरा बम र नौवटा वडाअध्यक्षहरुको उपस्थितिमा गाउँ बस्तिमा  सार्वजनिक सुनुवाई तथा गुनासो संकलन कार्यक्रम सम्पन्न शुरु गरेका छन्।्

?????????????

निर्वाचनको समयमा जनताका समक्ष जनप्रतिनिधिले गरेका बाचा पूरा गर्न र नगरपालिकालाई सुशासनमैत्री बनाउन प्रत्येक वडाहरूमा सर्वाजनिक सुनुवाई सहितका कार्यक्रम संचालन गरिएको नगरपालिका प्रमुख काशीचन्द्र बरालले बताए। ‘हामी जनताका समस्या सुन्नका गाउँवस्तीमा पुग्ने कार्यक्रम ल्याएका छौं’ उनले भने,‘जनताका समस्या सुनेर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेट्छौं।’ स्थानीय नागरिकहरुले राखेका जिज्ञासाहरुलाई सम्वोधन गदै जनप्रतिनिधिले प्रत्येक वडामा लिखित प्रतिवद्धता समेत जनाइएको रास्कोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत जवानसिंह बमले बताए। ‘हामीले जनतासँग प्रतिबद्धतासमेत गरेर आएका छौं।’ उनले भने, ‘त्यसलाई आगामी कार्यक्रममा समट्ने छौं।’

वडास्तरमा सञ्चालन हुने योजनाहरूमा पारदर्शिता नभएको जनगुनासो आएपछि जनप्रतिनिधिले सूचनाको हक सम्वन्धी ऐन २०६४ को पूर्णरुपमा कार्यान्वयन गर्दै आगामी आर्थिक वर्षबाट नगरपालिका, वडा कार्यालय उपभोक्ता समिति, विद्यालय लगायताका सरकारी तथा गैर सरकारी निकायले आनिवार्य ३/३ महिनामा सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने प्रतिवद्धतासमेत नगरपालिकाले जनाएका छन्।  यस्तै प्रत्येक वडा कार्यालय, नगर कार्यपालिका र विषयगत शाखाहरूमा नागरिक वडापत्र राख्नुका साथै योजना स्थलमा लागत अनुमानसहितको होर्डिक वोर्ड राख्ने प्रतिवद्धता जनाइएको छ।

देशमै पहिलो पटक १८ देखि ४० वर्ष उमेरका २५० जनाको संख्यामा युवा रोजगार हुने गरी स्थापना गरिएको रास्कोट श्रम बैंकलाई व्यवस्थित गरी थप राजगारीका अवसर सिर्जना गर्ने नगरपालिकाको प्रतिवद्धता छ।

थाहाखबरबाट

प्रकाशित मितिः शुक्रबार, जेष्ठ १७, २०७६     6:33:39 PM
error: Content is protected !!