☰ open Loading... 19 April 2024|  

ओझेलमा पर्यटकीय स्थल ,संरक्षणमा ध्यान देउ
  | १८ जेष्ठ २०७६, शनिबार १९:०२

जाजरकोटः जाजरकोट जिल्लाका प्रमुख पर्यटकीय स्थलहरु संरक्षण तथा सम्वद्र्धन हुन नसक्दा ओझेलमा परेका छन् । पर्यटन सम्बन्धी कुनै पनि गतिविधी सन्चालन नहुदा दर्जनौ स्थल ओझेलमा परेका हुन् ।

बारेकोट गाउपालिका र जुम्लाको सिमाना क्षेत्रमा रहेका शंक दह, कुुकुर दह, कुशे गाउँपालिका र जुम्लाको सिमानामा पर्ने नदाइ ताल, वराताल मात्र होइनन्, बारेकोटको रापानी झरना लगाएत दर्जनौ पर्यटकीय आवश्यक प्रचारप्रसार हुन नसक्दा ओझेलमा परेको बारेकोट गाउँपालिकाकी उपाध्यक्ष ओमा शाहीले बताउनु भयो । जाजरकोट सदरमुकाम खलंगाबाट ८० किलोमिटर उत्तर पूर्वमा रहेको यस्ता ताल तथा झरना यातायातको असुविधाले गर्दा अहिले ओझेलमा परेको उपाध्यक्ष शाहीले बताउनु भयो ।

आफ्नै किसिमको छुट्टै प्राकृतिक छटा र सुन्दर मोहकले भरीपूर्ण यस्ता क्षेत्रको प्रचारप्रसार, संरक्षण एवं सम्वद्र्धन हुन नसक्दा अस्तित्व नै लोप हुने अवस्थामा पुगेका छन् । भौगोलिक विकटताका कारण सरोकारवालाको आँखामा पर्न नसक्नु यस्ता क्षेत्रको प्रमुख विडम्वना हो ।
धार्मिक दृष्टिले पनि यी क्षेत्र महत्वपूर्ण मानिदै आएका छन् । स्थानीय सरकारले समेत वेवास्ता गरेको स्थानीयको गुुनासो छ । आन्तरिक तथा बाह्रय पर्यटनको आक्रसक गन्तव्य मानिए पनि कुुनै पनि निकायबाट पहल हुन नसकेको बोरकोटका मान बहादुर सिंहले बताउनु भयो ।
यस्ता क्षेत्रको संरक्षण सम्वद्र्धन तथा व्यवस्थापनमा सरोकारवालाले ध्यान पुराउन सके धार्मिक तथा पर्यटकीय गन्तव्य बन्न सक्ने सिंहको भनाइ छ ।