☰ open Loading... 20 April 2024|  

सेनाले निर्माण गरेको भौतिक संरचना नगरपालिकालाई हस्तान्तरण
  | १८ जेष्ठ २०७६, शनिबार १९:०४

जाजरकोट , नेपाली सेना ज्वाला दल गणले निर्माण गरेको ट्रष्ट घर , शौचालय र पानी धारा भेरी नगरपालिकालाई हस्तान्तरण गरिएको छ । quick impact project अन्तरर्गत सेनाले निर्माण गरेका संरचना नगरपालिकालाई हस्तान्तरण गरिएको हो । भेरी नगरपालिका – ४ विपि पाटीकामा निर्माण गरिएका ती संरचना सेनाले आज एक कार्यक्रमका बीच सेनाले भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकास घर्तीलाई साँचो हस्तान्तरण गरेको छ ।

धार्मिक तथा पर्यटनको महत्व समेत बोकेको यस ठाउँमा निर्माण गरिएका संरचनाले आन्तरिक तथा बाह्य पर्यटकलाई सहयोग पुग्ने अपेक्षा लिइएको छ । सेनाको रु २ लाख , भेरीनगरपालिकाको रु १ लाख रकममा सेनाले संरचना निर्माण गरेको निर्मित गणपती दिनेश खड्काले जानकारी दिनुभयो ।

हेमन्त केसी रासस