☰ open Loading... 19 October 2019|   शनिबार, कार्तिक २, २०७६

लोहोरेमा र्‍याफ्टिङ्ग

  |

दैलेख, लोहोरेमा ¥याफ्टिङ्ग चल्ने गरेको छ । लोहोरे खोलामा ¥याफ्टिङ्गका लागि अहिले दिनहुँ स्थानीय सहभागी हुन्छन् । यहाँ ब्यवसायिक रुपमा ¥याफ्टिङ्ग चलाईएको भने होईन् । ¥याफ्टिङ्ग तालिमका लागि आधारभुत सिक्नका लागि २४ जना सहभागी आउने गरेका हुन् । दुल्लुनगरपालिकाबाट सहभागी २४ जनालाई काठमाडौंबाट आएका प्रशिक्षकहरुले ¥याफ्टिङ्ग कसरी गर्ने भनेर सिकाउने गरेका हुन् । १५ दिन लामो ¥याफ्टिङ्ग तालिम घरेलु तथा साना उद्योग विकास समिति दैलेखले आयोजना गरेको हो । देशभर ¥याफ्टिङ्गका लागि चालक न्यून रहेका बेला रोजगारीको अवसर हुने भएकाले तालिमको आयोजना गरिएको वरिष्ठ घरेलु विकास अधिकृत पर्शुराम आर्चायले बताए ।
कर्णाली नदि किनार भएका स्थानीयहरुलाई तालिममा सहभागी गराईएको छ । तालिमले आफुहरुलाई उर्जा दिएको सहभागी टेक सुनारले बताए । थुप्रै सम्भावनाहरु भएकाले तालिमपछि रोजगारीको अवसर हुने सुनारको भनाई छ । पौडी खेल्न जान्ने यूवाहरु तालिममा सहभागी छन् । कर्णालीमा ¥याफ्टिङ्ग सम्भावना भएकाले तालिमबाट सहभागीले लाभ लिने कर्णाली ¥याफ्टिङ्ग एडभेचर प्रालीका प्रशिक्षक बलबहादुर राझीले बताए ।
एक हप्ता सानो खोला लोहोर र एक हप्ता ठुलो नदि कर्णालीको जामुमा ¥याफ्टिङ्ग सिकाईने प्रशिक्षक राझीले बताए । घरेलु तथा साना उद्योग विकास समिति दैलेखले ३ लाख ५० हजार रुपैँया तालिममा खर्च गरेको छ । ‘तालिममै खाना, खाजा र बस्नको ब्यवस्था छ ।’ बरिष्ठ घरेलु विकास अधिकृत आर्चायले भने, बेरोजगार यूवाहरुलाई सिप हस्तान्तरण भएकाले तालिमपछि रोजगारका अवसर खुल्ने छ ।’ आर्चायका अनुसार होमस्टे, साउनदेखी लोहोरेमै ¥याफ्टिङ्ग, पंचकोशी ताल निर्माण हुन लागेकाले यो जनशक्ति उपयोगी हुने छ । पछिल्लो समय जिल्लामा आउने पर्यटकलाई ¥याफ्टिङ्ग गराउनका लागि तालिममा सहभागी सक्षम हुनेछ ।
क्याप्सन ः लोहोरेमा ¥याफ्टिङ्ग सिकारु चालकले चलाएको ¥याफ्टिङ्ग । तस्विर ः गोविन्द केसी÷नागरिक

प्रकाशित मितिः आइतवार, जेष्ठ १९, २०७६     2:12:09 PM
error: Content is protected !!