☰ open Loading... 18 July 2019|   बिहिबार, साउन २, २०७६

एम्बुलेन्स चल्दा खुशी

  |

दैलेख, भैरबी गाउँपालिस्थित कुसापानीका तिलक पुरी गाउँमै एम्वुलेन्स आएपछि निकै खुशी छन् । गाउँमा एम्वुलेन्स सेवा नहुँदा महंगोमा विरामी लैजानुपर्ने बाध्यता थियो । अहिले गाउँपालिका सर्वसुलभ रुपमा गाउँमै केन्द्रित गरेर एम्वुलेन्स सेवा सुरु गरेपछि तिलक मात्रै होईन् यहाँका नागरिकहरु निकै खुसी छन् । छिटो र सहज रुपमा एम्वुलेन्स सेवा पाउँदा गाउँपालिकामा हर्ष छाएको छ । ७ हजारदेखी १० हजारसम्म जिल्ला सदरमुकाममा विरामी लैजादाँ खर्च हुने भाडा अव, बचत हुने भएपछि खुसी तिलक खुसी भएका हुन् । तत्कालै विरामीलाई चिकित्सकसम्म पुराउनका लागि तयारी अवस्थामा एम्वुलेस रहने गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढाले बताए । एम्वुलेसले प्रत्यक्ष रुपमा सेवा दिनेछ । अध्यक्ष बुढाले भने, सुलभ रुपमा एम्वुलेन्स चल्नेछ ।
जिल्लाको भैरबी गाउँपालिकाले एम्बुलेन्स सेवा सुरुसगैं स्वास्थ्य क्षेत्रमा उपलब्धिका रुपमा लिईएको छ । गाउँपालिकाका प्रायः सबै वडाहरुमा बाटोघाटोको संजाल जोडिएको भएपनी प्रयाप्त यातायातका साधनहरुको अभावमा बिरामीहरुको उपचारमा समस्या झेल्दै आउनुपरेको थियो । अब, गाउँपालिकाले आफ्नै लगानीमा एम्बुलेन्स चलाएपछि बिरामीहरुलाई अत्यावश्यक, सुलभ र छिटो उपचार गर्न लैजानका लागि सहज हुने गाउँपालिकका प्रमुख प्रशासकिय अधिकृत मोहन देवकोटाले बताए । अन्य स्थानीय तहले आफ्नो एम्वुलेस खरिद गरि सेवा दिएपनि भैरवीले जेष्ठ पहिलो हप्ताबाट सेवा सुरु गरेको हो । जनताको सुविधाका लागि स्थानीय सरकारले एम्वुलेन्स किनेको अध्यक्ष बुढा बताउँछन् । आफू गाउँपालिका अध्यक्षमा निर्वाचित भएलगत्तै गाउँपालिकाकोवासीहरुको इच्छा र चाहना अनुरुप काम गर्ने योजना अनुरुप एम्बुलेन्स सेवा चलाएको अध्यक्षको भनाई छ । तेल खर्च र सवारी चालकको तलवभत्ता आउने गरि एम्वुलेन्सको भाडादर तोकिएको र सेवामा २४ सै घन्टा उपलब्ध हुने ब्यबस्था मिलाएको प्रमुख प्रशासकिय अधिकृत देवकोटाले बताए । ७ वटा वडा रहेको र कालिकोटको सिमानासङ्ग जोडिएको केही दुर्गम बस्ती समेत रहेको एम्वुलेन्स सेवाले जनताहरु खुसी भएका छन् । सवै वडा कार्यालयहरुमा एम्वुलेन्स चालकको नम्वर सवैले देख्ने ठाउँमा टाँस गरिएको छ । गाउँबाटै एम्वुलेन्स चलाईने जनाईको छ । जसले विरामी बोक्न सहज र छिटो हुने भैरवी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख शमशेर विष्टले बताए ।

प्रकाशित मितिः आइतवार, जेष्ठ १९, २०७६     6:40:28 PM
error: Content is protected !!