☰ open Loading... 20 April 2024|  

कांग्रेसको जनजागरण अभियान २५ गते समापन गरिँदै
  | २१ जेष्ठ २०७६, मंगलवार १७:२५

सुर्खेत । नेपाली कांग्रेस सुर्खेतको बैठकले दुई वटा निर्णय गरेको छ । सभापति कमलराज रेग्मीको अध्यक्षतामा बसेको बैठकले गत बैशाख २३ गतेदेखि थालिएको कांग्रेसको पहिलो चरणको जनजागरण अभियान अहिलेसम्म सफल भएको र पहिलो चरणको अभियानको समापन यही जेठ २५ गते भव्यरुपमा गर्ने निर्णय गरेको छ ।


समापन यही जेठ २५ गते दिउँसो १ बजे पार्टी कार्यालयमा गरिनेछ । पहिलो चरणमा जिल्लाका एक दर्जन स्थानहरुमा केन्द्रीय सदस्य एवं कर्णाली प्रदेशसभा प्रतिपक्ष दलका नेता जीवनबहादुर शाहीको नेतृत्वमा अभियानहरु सम्पन्न भएका छन् ।

पहिलो चरणको अभियान पूर्णरुपमा सफल भएको र यसले कार्यकर्ताहरुमा उत्साह थपिएको पाएको कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले बताए ।

उनले कांग्रेसको जागरण अभियानले गाउँगाउँमा कार्यकर्ताहरु उत्साहित भएको, संघीयता अनुसार पार्टीको पनि संरचना हुनुपर्ने, पार्टीभित्रको गुट उपगुटको राजनीतिक अन्त्य हुनुपर्ने र एकताबद्ध भएर गएमा आगामी निर्वाचनमा कांग्रेस पहिलो पार्टी बन्ने सुझाव कार्यकर्ताहरुबाट प्राप्त भएको जनाए ।

अभियानको पहिलो चरणको समापन कार्यक्रममा सहभागी हुन पार्टीका भातृ संगठन, शुभेच्छुक संघसंगठनहरुलाई आग्रह गरिएको सभापति रेग्मीले बताए ।