☰ open Loading... 24 June 2019|   सोमवार, असार ९, २०७६

हे कान्छी.. सार्वजनिक

  |

दैलेख, दैलेखमा सुटिङ्ग भएको हे कान्छी … बोलको गित सार्वजनिक भएको छ । निकै मनमहोक दृश्यहरु समेटिएर बनाईएको म्यूजिक भिडियो सार्वजनिक गरिएको हो ।


प्रेमीकालाई फकाउन प्रेमीले खेलेको भुमिकालाई मुख्य रुपमा भिडियोमा देखाईएको छ । भिडियो तल्लो डुंगेश्वर, लोहोरे, गुरासे तरकारी बारी र सुर्खेतको कटुका देखाईएको छ । दैलेखको दृश्य ड्रोनबाट खिचिएको छ । भिडियो प्राकृतिकमय बनेको छ । निकै सुन्दर दृश्यले भिडियोलाई थप हेर्न लायक बनाईएको छ । दैलेखमा म्यूजिक भिडियो बनाउन यो टिम दोस्रो पटक आएको हो । पहिलो पटक आधुनिक गित सुटुक्क बाटो काटेर …को छायांकन दैलेखमै गरिएको थियो । पंचकोशी क्षेत्र, दुल्लु र दैलेखबजार लगायतका स्थानहरुमा यो वर्ष धेरै म्यूजिक भिडियो छायांकन भएको जनाईएको छ ।
नमराज सुवेदीद्धारा निर्देशित आधुनिक गितको म्यूजिक भिडियो हे कान्छी तिमीसंग मेरो मायाँ बसेछ ….. मनोरम दृश्यहरु कैंद गरिएको हो । दैलेखको पर्यटन प्रर्वधनमा भिडियोले थप ईटा थप्ने निर्देशक सुवेदीको भनाई छ । गायक महेन्द्र सेडाई र गायीका पूर्णनीमा लामाले गाएको आधुनिक गितको पुजा ,चन्द्र मोडलिग गरेका छन् । मेकअपमा सिर्जना शाहले गरेकी छिन । छायांकन दिनेश वलीले गरेको हुन् ।

प्रकाशित मितिः बुधबार, जेष्ठ २२, २०७६     2:23:56 PM
error: Content is protected !!