☰ open Loading... 24 June 2019|   सोमवार, असार ९, २०७६

क्षयरोगको औषधि अभाव

  |

मुगु, जिल्लाको पश्चिम खत्याड गाउँपालिकाका स्वास्थ्य संस्थामा तीन दिनदेखि क्षयरोगको औषधिको अभाव भएको छ । क्षयरोगजस्तो संवेदनशील रोगको औषधि अभाव भएपछि बिरामी छिमेकी जिल्ला बाजुरा र जुम्लाबाट औषधि ल्याएर खान बध्य भएका छन् ।  खत्याड गाउँपालिकाअन्तर्गतका ६ वटा स्वास्थ्य चौकी र एउटा प्राथमिक स्वास्थ्य केन्द्रमा क्षयरागको औषधि अभाव भएको हो । गाउँपालिकाको स्वास्थ्य शाखाले समयमै जिल्लामा औषधिको माग नगर्दा औषधि अभाव भएको हो ।

तीन दिनअघि खत्याड गाउँपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र रातापानीमा आमाकोे लागि क्षयरोगको औषधि लिन गएका खत्याड–८ ठामलेक गाउँका नन्दबहादुर थापा औषधि नपाएर खालिहात फर्केका थिए । ‘आमाको लागि क्षयरोगको औषधि लिन प्राथमिक स्वास्थ्य केन्द्र रातापानी पुग्दा डाक्टरले तत्कालका लागि औषधि अभाव भएको बताए । डाक्टरले एकपटकको औषधि छुटाएमा सुरुबाट खानुपर्छ भनेपछि उनी तुरुन्तै कोल्टी दौडेर चार दिनको मात्रै औषधि लिएर घर आएको बताए । उनकी ६५ वर्षीया आमा नैनी थापाले गत चैत १४ गतेदेखि औषधि प्रयोग गर्न सुरु गरेकी हुन् ।

सरकारको नीतिअनुसार क्षयरोगको औषधि हरेक स्वास्थ्य संस्थामा अनिवार्य हुनुपर्छ । यसलाई एक दिन पनि अभाव गर्न नमिल्ने प्राथमिक स्वास्थ्य केन्द्र रातापानीका निमित्त प्रमुख डाक्टर किशोर खड्का बताउँछन् । ‘हाम्रोमा तीन दिनदेखि सकिएको छ । एकजना बिरामीलाई बाजुरा पठाएका छौँ,’ उनले भने ।  यतिवेला खत्याडका स्वास्थ्य संस्थाहरूमा सुरुको चार महिनामा प्रयोग गरिने कम्बाइन औषधिको मिति समाप्त भई आइसोनियाजाइट, रिफामपिसिन, पाराजिनामाइड र इथामबुटलको अभाव भएको उनले बताए ।

नयाँपत्रिकाबाट

प्रकाशित मितिः बुधबार, जेष्ठ २२, २०७६     2:34:30 PM
error: Content is protected !!