☰ open Loading... 19 April 2024|  

नौमुलेमा विशेषज्ञ सेवा
  | २३ जेष्ठ २०७६, बिहीबार १८:२५

नौमुले शिविरमा नाम दर्ता गर्नेहरुको लाईन ।

दैलेख, नौमुले गाउँपालिकाको मुकाम नौमुले बजारमा विशेषज्ञ डाक्टरद्धारा स्वास्थ्य सेवा दिईएको छ । नौमुले गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा स्वास्थ्य विशिरको आयोजना गरि विशेषज्ञ डाक्टरद्धारा सेवा दिईएको हो ।
गाउँपालिकाका जनताहरुलाई लक्षित गरेर नौमुले प्राथमिक स्वास्थ्य चौकीमा स्वास्थ्य शिविर सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष भदे बुढामगरले बताए । भौगलिक रुपमा जटिल नौमुलेमा विशेषज्ञसहितको शिविरले स्थानीयहरु उत्साहि भएर सहभागी भएका छन् । जिल्ला अस्पतालका स्त्रीरोग विशेषज्ञ तथा प्रमुख डा. निराजन पन्तको नेतृत्वमा आधा दर्जन डाक्टरहरु शिविरमा पुगेका थिए । शिविरमा स्त्रीरोग विशेषज्ञसहित पाठेघर स्केनिङ तथा चेकजाँच, नाक, कान, घाटी र दन्त रोग विशेषज्ञ डाक्टरहरु सहभाी थिए । शुक्रवार र शनिवार दुई दिन नौमुलेमा शिविर गरिएको हो ।

स्वास्थ्य शिविरमा उपचारलाई विरामी बोकेर लैजादै

शिविरमा १ हजार जनाले स्वास्थ्य परिक्षण गराएका थिए । शिविरमा विरामीको उल्लेखनिय उपस्थिति भई स्वास्थ्य सेवा लिएको नौमुले गाउँपालिका स्वास्थ्य शाखा प्रमुख भुपेन्द्र शाहीले बताए । जनताले विशेषज्ञ डाक्टरहरुबाट गाउँमै स्वास्थ्य लाभ लिएको स्वास्थ्य शाखा प्रमुख शाहीको भनाई छ । शिविरमा निःशुल्क औषधी वितरण गरिएको थियो । नौमुलेमा शिविरबाट स्थानीय जनताहरुले विशेषज्ञ डाक्टरहरुबाट घरआगनमै स्वास्थ्य जाँच भई लाभ लिएका सिअहेव अधिृकत धर्मराज जैसीले बताए । आफुहरुलाई गाउँमै सेवा लिन पाउदाँ निकै खुसी भएको सेवाग्राहीहरुले बताए ।