☰ open Loading... 20 April 2024|  

न्यू भैरहवाको शाखा सुर्खेतमा
  | २६ जेष्ठ २०७६, आईतवार १९:५१

सुर्खेत । न्यू भैरहवा सुन चाँदी पसलको शाखा सुर्खेतमा पनि स्थापना भएको छ । दैलेखी ग्राहकहको विश्वास जित्दै आएको भैरहवाले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा शाखा स्थापना गरेको हो ।


प्रदेश राजधानी स्थापनासंगै ग्राहकहरुलाई सुर्खेतमै सेवा दिने उदेश्यले शाखा सञ्चालनमा ल्याएको सञ्चालक सोमन नारायण कौसलले जानकारी दिनुभयो । उहाँले दैलेखका ग्राहकहरुले दिएको विश्वासलाई पूर्ण रुपमा सुर्खेतमा पनि लागु गर्ने बतानुभयो ।

सुर्खेतमा टन्च मेशिनबाट सुन र चाँदी टन्च गरेर नम्बर १ का सुनचाँदीहरू मात्रै ग्राहकहरुलाई विक्री गरिने उहाँको भनाई छ । कौशलले वीरेन्द्रनगर–६ खोर्के लाइनमा केही दिनअघि मात्रै व्यवसाय शुचारु गरेका हुन् ।

ग्राहकको अर्डर अनुसार र बनिबनाउ गरगहना पनि विक्री गरिने कौसलले उल्लेख गर्नुभयो । मार्सआर्टका प्रशिक्षक रहेका कौशल प्रशिक्षण दिन दैलेखमा गएको बेला ०५२ सालमा सुन चाँदी व्यवसाय आरम्भ गरेका थिए ।

कौशल सुनचाँदी व्यवसायी संघ दैलेखका पूर्व कोषाध्यक्ष र नेपाल सुनचाँदी व्यवसायी महासंघ कर्णाली प्रदेशका सदस्य हुन् । उनी हाल लायन्स क्लव आफ दैलेखका सचिव समेत हुन् ।