☰ open Loading... 28 March 2024|  

जसको पखेटामा समेत बस्न मिल्छ!
  | २७ जेष्ठ २०७६, सोमबार १९:२४

फ्लाइङ–भी विमान जस्टस बेनाडको अवधारणा हो।

टेक्निकल युनिभर्सिटी अफ बर्लिनका पूर्व विद्यार्थी उनले डेल्फ्ट युनिभर्सिटी अफ टेक्नोलोजी नेदरल्यान्ड्सका अनुसन्धानकर्तासँग मिलेर फ्लाइङ–भीको डिजाइन सार्वजनिक गरेका हुन्।

यस विमानको पखेटामा समेत बस्न मिल्ने भएपछि फ्लाइङ–भी विमानको चर्चा निकै भइरहेको छ।

यसको पखेटामा यात्रु बस्न मिल्छ भने इन्धन ट्यांक र सामाग्रीहरु समेत पखेटामै राख्न मिल्छ।

The passenger cabin, fuel tanks and cargo hold are all incorporated into the plane’s wings in the Flying-V design.

यस विमानले एयरबस ए३५०–९०० विमानभन्दा २० प्रतिशत कम इन्धनको खपत गर्ने जनाइएको छ।

हालै केएलएम रोयल डच एयरलाइन्सले यस विमानको डिजाइन मनपराएपछि विमान बनाउन लगानी गर्ने आफू राजी भएको बताएको छ।

डिजाइन अनुसार यस विमानको यात्रु संख्या ३ सयदेखि ३ सय ५० बताइएको छ। यस विमान बनेर संचालनमा आउन सन् २०४० सम्म कुर्नुपर्ने जनाइएको छ। एजेन्सी