☰ open Loading... 18 April 2024|  

घरमै मिल
  | २८ जेष्ठ २०७६, मंगलवार ०७:१३


दैलेख, डुंगेश्वर गाउँपालिका – ६ डुंग्रा टोलका ५२ वर्षिय लोकबहादुर कार्कीले घरमै मिनि मिल चलाएर सवैलाई दंग पारिदिएका छन् । ठुला मिलहरु गाउँघरमा सञ्चालनमा आएपनि कार्कीले भारतमा प्रयोग भईरहेको मिनि मिल ल्याएर चलाएपछि सवै दंग छन् । विद्युतबाट चल्ने यो साँगुरो ठाउँमा पनि राख्न सकिन्छ ।

उनले घरको दलानमा मिललाई जोडेका छन् । आर्यआर्जनका लागि मिल कार्कीको प्रमुख पेशा हो ।
गाउँमा मिलको आवश्यकता भएको र ठुलो मिल राख्न आर्थिक अभाव भएका कारण उनले भारतमा सानो मिल देखेकाले केही रकम जुटाएर भारत भएर उनले मिल ल्याएका हुन् ।

भारतमा यस्तो सानो मिल प्रचलनमा आएको छ । मिल सञ्चालक कार्कीले भने, नेपालमा देखेको छैन् । यहाँ पहिलो पटक मैले नै ल्याएको हुँ । सानो ठाउँमा राख्न मिल्ने, कम विद्युत भोल्डेजमा पनि मिल चल्ने, टोल छिमेक तथा गाउँका लागि अति उपयोगी, टाढा जानुपर्ने भएकाले मिलबाटै आम्दानी र सेवा दिएको मिल सञ्चालक कार्कीले बताए । उनले नेपाली ७५ हजार रुपैँया हालेर किनेका हुन् । मिलले विद्युत शुल्क तिर्न र खान लाउन पुगेको छ ।

केही कमाई बचत हुने गरेको छ । मिल किन्दा लिएको ऋण अव वर्षदिन भित्र तिरिसकिने उनको भनाई छ । कमाई राम्रो हुने भन्दै सुर्खेतको लेखपराजुल (भेरीपारी) पुगेका कार्की १२ वर्षपछि दैलेख फर्किएर ईलम गरेर बसेका हुन् । ‘गर्मी उस्तै आम्दानी पनि भनेअनुसार भएन् ।’ कार्की भन्छन् ः आफ्नै गाउँघरमा सवैले बोलाए, पुरानो घर थियो । केही ऋण लिए अरु साथीभाईको सहयोगले मिल किनेर चलाए ।’ तरकारी खेती, बाख्रा पालन गरेको छन् ।

अहिले आम्दानी मध्यम रुपमा भईरहेको उनको भनाई छ । गाउँमै शान्तसंग बस्न पाईरहेकोमा उनी सुखी छन् । कार्कीको घरमा ३ छोरी, १ छोरा, बुहारी र आमा र श्रीमतीसहित परिवार रहेको छ ।